२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तुलसीपुर कारागारमा जबर्जस्ती करणीका कैदी धेरै

२०७९, २३ चैत्र बिहीबार ११:१७

चैत २३, दाङ | दाङ तुलसीपुर कारागारमा रहेका कैदीमध्ये धेरैजसो जबर्जस्ती करणी मुद्दाका कैदी छन् । कारागारमा रहेका कूल पाँच सय ५७ कैदीबन्दीमध्ये एक सय ८४ जबर्जस्ती करणी मुद्दामा सजाय भोगिरहेको कारागारका सूचना अधिकारी रम्भा केसीले जानकारी दिनुभयो ।

कूल कैदीबन्दीमध्ये एक सय ५० कर्तव्य ज्यान मुद्दाका छन् । तीमध्ये एक सय ३७ पुरुष र पाँच महिला कैदीबन्दी छन् भने दुई पुरुष र पाँच महिला थुनुवामा छन् । जसमा एक बालक आश्रित छन् । यसैगरी लागुऔषधका एक सय १३ जना कैदीमध्ये ८९ पुरुष कैदी छन् । साथै चार कैदी र १४ थुनुवा गरी  १९ महिला छन् । साथमा एक आश्रित बालक पनि छन् । 

जिउ मास्ने मुद्दामा २१ कैदीबन्दी र पाँच थुनुवा रहेका छन् भने त्यस्तै चोरीमा २५, ज्यान मार्ने उद्योग र सवारी ज्यानका आठ÷आठ, अपहरण, डाँकाचोरीका छ÷ छ,  बैंकिङ कसुर ६, ठगी चार, हातहतियार,वन पैदवार तीन÷तीन, बहुविवाह, आगलागी दुई÷दुई ,रहेको कारागार प्रशासनले जनाएको छ । 

कारागार प्रशासनका अनुसार अप्राकृतिक मैथुनका चार, आललागीका दुई,  खोटा चलान दुई,  रकमहिनामिना एक र अन्य चार जना कैदीबन्दी कारागारमा छन् । 

तीन बालक आश्रित  

कारागारमा तीन बालक आश्रित छन् । उनीहरु सबै पाँच वर्षमुनिका रहेको पनि नासु केसीले बताउनुभयो । उहाँले कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेकी जमुना कँवरका  तीन वर्षीय छोरा,  लागुऔषधमा पूर्वपक्षका लागि थुनामा रहेकी तुलसीपुर– ६ की सुशीला श्रेष्ठका डेढ वर्षीय छोरा,  बैंकिङ कसुरमा पूर्वपक्षका लागि कारागारमा थुनामा रहेकी  एक महिलाका आठ महिनाकी छोरी  रहेकी छन् । ती  बालिकालाई  जानकी गाउँपालिका बाँकेकी  कुसुम थापाले तुलसीपुर कारागारमा नै जन्माएकी हुन् । 

२१ विदेशी कैदी

तुलसीपुर कारागारमा २१ विदेशी कैदी छन् । तीमध्ये अधिकांश भारतीय नागरिक छन् । जबर्जस्ती करणीका दुई, लागुऔषधका सात, हातहतियार तीन, चोरी दुई, सवारी ज्यान दुई, कर्तव्य ज्यान एक, बैंकिङ कसुर दुई, अप्राकृतिक मैथुन  एक अपहरणका एक गरी २१ विदेशी कैदी रहेको कारागारका  सूचना अधिकारी  केसीले जानकारी दिनुभयो । 

खुला सिमानाका कारण भारतीय नागरिक व्यवसायका लागि नेपाल आउने र नेपाल आएको बेला आपाराधिक क्रियाकलापमा संलग्न हुने गरेको उहाँको भनाइ छ ।  

महिला चिकित्सक नहुँदा समस्या  

कारागारमा महिला चिकित्सक नहुँदा समस्या भएको महिला कैदीले बताएका छन् । “पुरुषका लागि चिकित्सक हुनुहुन्छ, तर महिलाका लागि छुट्टै चिकित्सक नहुँदा आफ्ना समस्या खुलाउन समस्या हुन्छ”, एक महिला कैदीले भनिन् । 

तुलसीपुर कारागारका प्रमुख श्रीधर टण्डनले कारागारमा सरसफाइ, स्वास्थ्य, खेलकुद सामग्रीको अभाव रहेको बताउनुभयो ।

 उहाँले कैदीबन्दीका लागि कानुनी, ज्ञानवर्द्धक पुस्तकको अभाव रहेकाले सहयोग गरिदिन समेत सबैलाई आग्रह गर्नुभयो । त्यस्तै  मनोसामाजिक परामर्शका लागि डाक्टरको आवश्यता रहेको पनि उहाँको भनाइ छ । 

 तुलसीपुर कारागारका दुईवटा भवन छन् । हाल पाँच सय आठ पुरुष र १७ महिला गरी पाँच सय २२ कैदीबन्दी, २९ महिला र १३ पुरुषगरी ४२ थुनुवा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण