अन्तरजातीय विवाह गर्ने सात जोडी एक लाख पुरस्कारसहित सम्मानित

Posted on: 07 Apr, 2023

चैत २४, चितवन | भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने सात जोडीलाई सम्मान गरेको छ । महानगरले हिजो (बिहीबार) एक कार्यक्रमकाबीच महानगरभित्र दलित र गैरदलितबीचको बिवाह गर्ने जोडीलाई सम्मानसहित एक लाख रुपैया पुरस्कार र सम्मान पत्र प्रदान गरेको हो ।

जातीय विभेद हटाउने उद्देश्यका साथ अन्तरजातीय विवाह गर्ने सात जोडीलाई नगद १ लाख पुरस्कार र सम्मानपत्रसहित सम्मान गरिएका महानगर प्रमुख रेणु दाहालले बताईन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!