उपचार गराउन ल्याउँदा कारागारबाट एक कैदी फरार

Posted on: 07 Apr, 2023

चैत २४, जनकपुरधाम | जलेश्वर कारागारका एक जना कैदी बन्दी फरार भएका छन् ।

कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका महोत्तरीको लोहारपट्टी नगरपालिका-९ का कृष्ण यादव फरार भएको महोत्तरीका प्रहरी प्रमुख एसपी प्रकाश मल्लले बताए ।

जनकपुरधामको डा. मनोज गुप्ताको क्लिनिकमा उपचार गराउन शुक्रबार दिउँसो आएको बेला फरार भएका हुन्  ।

कारागारमा सुरक्षार्थ खट्ने प्रहरीले उनलाई उपचार गराउन ल्याएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!