मोटरसाइकल र विङगर गाडी एक-आफसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु

Posted on: 08 Apr, 2023

चैत २५, महोत्तरी | महोत्तरीमा मोटरसाइकल र विङगर गाडी एक-आफसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

विपरित दिशावाट आएको प्र.२ ०४-००१ प  १३२७ नम्बरको मोटरसाइकल र प्रदेश.३ ०३-००१ ज ०२९७ नम्बरको विङगर गाडी एक-आफसमा ठोकिएको प्रहरीले जनाएको छ । ।

 दुर्घटनामा मृत्यु हुनेमा गौशाला नगरपालिका वस्ने ३०  वर्षिय मनिष कार्की रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मनिष कार्कीको सुभस्वस्तिक अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षकले जानकारी दिए ।

सर्लाही हरिवन बस्ने गाडी चालक निरज लामालाइ थप अनुसन्धानको लागि प्रहरीले पक्राउ गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!