चैत २६, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन् । राष्ट्रपति पौडेलले आइतबार पोखरेललाई प्रेस सल्लाहकार नियुक्त गरेका हुन् ।
पोखरेल यसअघि राष्ट्रिय सूचना आयोगमा आयुक्त थिए ।
लामो समय पत्रकारितामा क्रियाशील पोखरेल त्यसअघि नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्षसमेत भइसकेका हुन् ।