चैत २९, चितवन | चितवनको टाइगर ल्याण्ड रिसोर्टमा बुधबार दिउँसो आगलागी भएको छ । करेन्ट सर्ट भई आगलागी भएको सूचना प्राप्त भएको चितवन प्रहरी प्रवक्ता डीएसपी बिजय पन्डितले जानकारी दिए। अहिले तीनवटा दमकलले आगो निभाइरहेका छन् । क्षतिको विवरण आउन बाँकी छ।