२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सगरमाथामा ‘रोप फिक्सिङ’ गर्न गएका तीन जना शेर्पा हिमपहिरोमा बेपत्ता

२०७९, २९ चैत्र बुधबार ०९:४५

चैत २९, काठमाडौँ | वसन्त सिजनको सगरमाथा आरोहणका लागि बाटो बनाउन ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने काम) क्रममा गएका तीन जना आरोहीको हिम पहिरोमा परी बेपत्ता भएका छन् । बुधबार बिहान ९ः३० बजे आएको हिमपहिरोमा परेर उनीहरु बेपत्ता भएका हुन् । 

क्याम्प एकभन्दा तल पाँच हजार सात सय मिटरको उचाईस्थित खुम्बु आइसफलमा आएको हिमपहिरोमा परी बेपत्ता हुनेमा दा छिरि शेर्पा, लाक्पा तेण्डी शेर्पा र लाक्पा रिता शेर्पा छन् । 

लोबुचे हिमाल आरोहरणकै क्रममा रहेकी कर्पोरेट नेपालकर्मी फुर्पा शेर्पाका अनुसार हिम पहिरोमा परी तीन जना बेपत्ता भएको र उनीहरुको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । उनीहरुको उद्दार कार्य भइरहेको उनले बताइन् । मृतकको उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टर परिचालन गरिए पनि हिम पहिरोमा निकै तल पुरिएका उनीहरुको उद्दार गर्न निकै कठिनाई भइरहेको उद्धारकर्ताहरुको भनाई छ । 

क्याम्प १ तर्फ जानेक्रममा एक्कासी हिमपहिरो आएपछि तीनै जना शेर्पा करिब ५० मिटर तल बगेर पुरिएका थिए । सगरमाथाको माथिल्लो भागमा रोप फिक्सिङको जिम्मा पाएको इमाजिन ट्रेक नेपाल प्रा.लिबाट गएका उनीहरु हिम पहिरोमा परेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू