२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मलेसियामा वैशाख १५ देखि दूतावासबाटै पुनः श्रम स्वीकृति

२०७९, २९ चैत्र बुधबार ११:२७

चैत २९, काठमाडौँ | मलेसियास्थित नेपाली राजदूतावासले १५ वैशाखबाट पुनः श्रम स्वीकृति लिने र सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने कार्य अगाडि बढाउने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्बन्धित दूतावासबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था गरेको थियो । सोही आधारमा दूतावासले मलेसिया र ब्रुनाईमा रहेका नेपालीले पुनः श्रम स्वीकृतिको कार्य अगाडि बढाउन लागेको हो ।

अनलाइन मार्फत आवेदन दिनुपर्ने हुन्छ । त्यस्तै विदेशमा रहि स्वरोजगारमा रहेका नेपाली नागरिकहरु स्वेच्छाले सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्य समेत अगाडि बढाउन लागेको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ ।

पुनः श्रम स्वीकृति लिनको लागि अनलाईन श्रम स्वीकृति  FEIMS बाट अनलाईन निवेदन दिनुपर्नेछ । पुनः श्रम स्वीकृतिका लागि अनलाईन निवेदन पेश गर्नु अघि सामाजिक सुरक्षा कोषमा अनिवार्य रुपमा आबद्ध भएको हुनुपर्नेछ ।

नेपालको सामाजिक सुरक्षा कोषमा आवद्ध हुनको लागि  https://sosys.ssf.gov.np/   वेभ पेजमा गई वैदेशिक रोजगारी सूचीकरणमा क्लिक गरी अनलाइन आवेदन फाराम भर्नुपर्ने हुन्छ ।

वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र नियमानुसारको बीमा वापतको रकम  (www.ssf.gov.np वा www.sosys.ssf.gov.np)  बाट भुक्तानी गरी सोको निस्सा अनलाईन प्रणालीमा गर्नुपर्ने दूतावासले जनाएको छ ।

पुनः श्रम स्वीकृति लिने वा सामाजिक सुरक्षा कोषमा आवद्ध हुने सम्बन्धी थप जिज्ञासा भए नेपाली राजदूतावासका श्रम काउन्सेलर वा श्रम सहचारीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण