२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोखरा महानगरद्वारा कृषि एम्बुलेन्स सञ्चालन

२०८०, १ बैशाख शुक्रबार ०८:०२

बैशाख १, पोखरा | पोखरा महानगरपालिकाले आजबाट पोखरामा कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । महानगरको कृषि तथा पशुपन्छी महाशाखाले आयोजना गरेको कृषिउपज बजारस्थल बिरौटामा आयोजित विशेष कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले उक्त एम्बुलेन्सको शुभारम्भ गर्नुभएको हो । 

उहाँले विभिन्न वडामा उत्पादन भएका कृषि उपजलाई सुरक्षित तवरले बजार र उपभोक्तासम्म पु¥याउन एम्बुलेन्स सञ्चालन गरेको जानकारी दिँदै उहाँले कृषकका उत्पादनले सही समयमा बजारसम्म पहुँचको अवस्था सिर्जना हुने बताउनुभयो । कृषकलाई आत्मनिर्भर बनाउन उनीहरुद्वारा उत्पादित बजारको सरल र सहज पहुँचको आवश्यता रहेको जनाउँदै महानगरले कृषकमैत्री कार्यक्रममा जोड दिएको उहाँको भनाइ थियो ।  

महानगरका कृषि तथा पशुपन्छी महाशाखा प्रमुख मनोज कडरियाले एम्बुलेन्स सञ्चालनसँगै अब उत्पादनले सही समयमै बजार पाउने र उपभोक्ता र कृषक दुवैले लाभ लिन पाउने बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा कृषकले आफ्नो वडाको वा पायक पर्ने कृषिउपज सङ्कलन केन्द्रमा सम्पर्क गरी उक्त सेवा लिन सक्नेछन् । 

महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले एम्बुलेन्सले वडाका सङ्कलन केन्द्रबाट रेफ्रिजरेटरसहितको एम्बुलेन्सले सङ्कलन गर्ने गरी फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजना (कोइका) सँगको सहकार्यमा पोखरा महानगर पालिकाले सञ्चालन गर्ने जानकारी दिनुभयो । 

कार्यक्रममा पोखरा महानगरका आर्थिक प्रशासन प्रमुख बोधराज कार्की, महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिनालगायतले कृषि एम्बुलेन्सले महानगरका कृषक र उपभोक्ता दुवै लाभान्वित हुने र  तरकारी तथा फलफूललाई आयातलाई कम गर्न सघाउ पु¥याउने बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै