२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बर्खा नलाग्दै पहिरोको त्रास, बचेको बस्ती पनि उजाडिने डर

२०८०, १ बैशाख शुक्रबार ११:५०

बैशाख १, गलेश्वर | पहिरोका कारण चिराचिरा परेको तोराखेत गाउँमा वस्छन् ३२ घरका डेढ सय परिवार । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली तोराखेत गाउँ पहिरोको चपेटामा परेको २० वर्ष भयो । दुई दशकको अवधिमा गाउँबाट ६० भन्दा बढी व्यक्तिले बसाइँसराइ गरे पनि ७३ वर्षीय भक्तबहादुर सापकोटाले भने गाउँ छोडेर अन्यत्र बसाइँ सर्न मान्नुभएन । गाउँमा रहेका उहाँसहित ३२ घर परिवारलाई बर्खा नलाग्दै पहिरोको चिन्ताले सताउने गरेको छ ।

विसं २०५८ देखि खस्न सुरु गरेको यो पहिराले बर्सेनि उग्ररूप लिँदै गएकाले स्थानीय सरकारको बजेटले पहिरो नियन्त्रण गर्नै नसकिने अवस्थामा पुगेको सरोकारवालले बताए  । पहिरो नियन्त्रणका लागि पहल हुँदा बेनी नगरपालिका–३ तोराखेत र बेनी नगरपालिका–२ बगरफाँटका ६० भन्दा बढी घर उच्च जोखिममा परेकाले पछिल्लो दुई वर्षमा तोराखेतका १७ र बगरफाँटमा चार घर परिवार विस्थापित भए ।

विसं २०७२ को भूकम्पले जमिनको सतह खल्बल्याएकाले उक्त पहिरो थप जोखिमपूर्ण बनेको स्थानीय अगुवा दिलबहादुर सापकोटाले बताउनुभयो । तोराखेतको करिब एक किलोमिटर क्षेत्रफल ओगटेको चट्टानयुक्त जमिनका दर्जनभन्दा बढी ठाउँमा ठाडो चिरा परेको छ ।

माथिबाट पहिरो आउने र घरजग्गा रहेको जमिन तलतर्फ भासिने क्रम बढेपछि तोराखेतको पहिरो वरपरको क्षेत्रमा बसोबास गर्ने १७ घर परिवारलाई स्थानान्तरण गरी ज्यामरूककोटको भकुण्डे, फापरखेत र बगरफाँटमा राखिएको बेनीनगरपालिका–२ ज्यामरूककोटका वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

तल विशाल चट्टाने पहरोको बीचमा भिरालो जमिन र सोही स्थानमा रहेको तोराखेत गाउँभन्दा करिब तीन सय मिटरमाथिबाट भकुण्डे–भकिम्ली जोड्ने कच्ची मोटर बाटो छ । भकिम्लीको चिनाखेत कटेपछि भकिम्ली र ज्यामरूककोटको सीमा नजिक पर्ने सात्लेपानीसम्मको अधिकांश भाग चर्केको, धाँजा फाटेको र सोही क्षेत्र वरपर पानीका मूल रहेकाले पनि वर्षाको समयमा पहिराको खतरा बढेको स्थानीयवासीको गुनासो थियो ।

कमजोर भू–बनोट भएको भिरालो गाउँ, गाउँको सिरानमा मोटरबाटो, योसँगैको पहरो फुटेर बगेको चट्टाने पहिरा, जङ्गल र त्यस क्षेत्रमा रहेका पानीका मूलका कारण पनि सो पहिरो तोराखेत र बगरफाँटवासीका लागि खतरापूर्ण रहेको स्थानीय जनप्रतिनिधिले बताए ।

तोराखेत गाउँमाथिको चट्टाने पहिराबाट बेनी नगरपालिका–२ को बगरफाँटलाई ठूलो खतरा रहेको छ । तोराखेतको पुछारमा रहेको धुपीरूखतर्फको पहिराले बगरफाँट उच्च जोखिममा पारेको छ । भिरालो जमिन माथिबाट लच्किँदै आएका कारण विगतका वर्षमा भन्दा यस वर्षको बर्खायाममा तोराखेत गाउँ बढी खतरायुक्त पुगेको सोही ठाउँ निवासी  भक्त सापकोटाले बताउनुभयो । “बर्खा नलाग्दै पहिरोको चिन्ताले रातभरि निद्रा लाग्दैन, पहिरोकै कारण सबै दामलीहरु गाउँ छोडेर हिँडे, बसेका हामी र बँचेको जग्गा जमिन पनि पहिरोले कति बेला उजाड बनाउँछ र थाँतथलो नासिन्छ भन्ने त्रासमा छौँ हामी”, उहाँले भन्नुभयो ।  स्थानीयवासीका अनुसार विगत वर्षका तुलनामा यस वर्ष तोराखेतको बस्ती नजिकको जमिन धेरै नै भासिएको छ ।

गाउँको पूर्वपट्टि करिब तीन सय ५० मिटरको दूरीमा रहेको धुपीरूखसम्मको जमिनमा धाँजा फाँटेको छ भने सो क्षेत्रको जमिनमा पनि ठाडो मुख चिरिएको छ । पहिरोका कारण सदरमुकाम बेनी बजारसँगै सिमाना जोडिएको बगरफाँट गाउँ उच्च जोखिममा रहेकाले वर्षाको समयमा बगरफाँटवासी समेत त्रस्त हुने गर्दछन् ।

पहिरो नियन्त्रण र भूअध्ययनका लागि केन्द्रबाट विशेषज्ञको टोली ल्याएर निरीक्षण गराउँदा कमजोर र भिरालो भूबनोटका कारण पहिरो नियन्त्रण गर्न स्थानीय प्रयासले मात्र सम्भव नहने सुझाव आएकाले यहाँ रहेका बासिन्दालाई वैकल्पिक ठाउँको व्यवस्थापनतर्फ स्थानीय तह लागेको बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण