२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रानीकोटदेखि नगरकोटसम्म विदेशी तथा स्वदेशी पर्यटकको ओइरो

२०८०, २ बैशाख शनिबार ०३:२१

बैशाख २, भक्तपुर | नयाँवर्ष २०८० को आगमनसँगै खुसी मनाउन र सूर्योदय हेर्न विगत तीनदेखि भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्मका होटल विदेशी तथा स्वदेशी पर्यटकले भरिएका छन् । कोरोना भाइरसका कारण सुनसान बनेको भक्तपुरका पर्यटकीय क्षेत्रमा विदेशीभन्दा बढी स्वदेशी पर्यटकको आगमनले पर्यटकीयस्थल खचाखच भएपछि व्यवसायी उत्साहित छन् ।

नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र ८ सिपाडोलको सङ्गमस्थल ऐतिहासिक रानीकोटमा अधिकांश होटल आन्तरिक पर्यटकले नै भरिएको पर्यटन व्यवसायी एवं भिलेज हाइल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँले बताउनुभयो । 

चैत मसान्तदेखि वैशाख ३ गतेसम्म होटल बुकिङ भइसकेको र यहाँका सबै होटल आन्तरिक पर्यटकले भरिएको उहाँले बताउनुभयो । नयाँ वर्षका लागि दुई साता अगाडिदेखि नै यहाँका होटल बुक भएका थिए । 

समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौँ उपत्यका र भक्तपुर नगर मात्र होइन, बिभिन्न हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । होटल व्यवसायी बकेँ भन्नुहुन्छ, “नयाँवर्षमा आन्तरिक पर्यटक खचाखच भएका छन् । अब भने पर्यटन व्यवसाय पुनःचलायमान हुने आशा पलाएको छ ।”

होटल व्यवसायी तथा घ्याम्पेडाँडा रिसोर्टका सञ्चालक राजेन्द्र प्याथले घ्याम्पेडाँडा–रानीकोट पक्की सडक नर्माण भएसँगै पर्यटकको आगमन ह्वात्तै बढेको बताउनु भयो । उहाँले सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्रा मार्ग र रानीकोट, आशापुरी, बोकाचो गढी पर्यटकको रोजाइमा पर्न थालेपछि आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको बताउनुभयो । 

पर्यटकको आगमन बढेपछि घ्याम्पेडाँडा रानीकोट क्षेत्रमा जीप लाइन सञ्चालनमा आएको छ भने ठूला होटल निर्माणको क्रम बढेको छ । निर्माण भइसकेको करिब १४ होटल आन्तरिक पर्यटकले नै भरिन थालेका छन् । भक्तपुरको अर्को पर्यटकीय गन्तव्य नगरकोटमा नयाँ वर्षमा तीन दिन अगाडिदेखि नै होटल खचाखच भएका छन् । नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न नगरकोटमा एक रात बसेर सूर्योदय र हिमाली दृश्य हेरेर फर्कने पर्यटकले यहाँका होटल खचाखच भएको पर्यटन व्यवसायी एवं होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछानेले बताउनुभयो । 

“मैले होटल क्षेत्रमा काम गरेको २० वर्षको अवधिमा विसं २०७७ को नयाँ वर्षमा सबै होटल सुनसान भए, ०७८ र ०८९ सालको नयाँ वर्षमा आन्तरिक पर्यटकको आगमनले अलिक राहत मिलेको थियो, ०८० को नयाँ वर्षमा भने आन्तरिक पर्यटकले नै होटल भरिए, यस वर्ष विदेशी पर्यटक पनि आए”, होटल व्यवसायी लामिछाने भन्नुहुन्छ । नगरकोट जाने सडक निर्माण पूरा भए पर्यटन व्यवसाय अझै फस्टाउने व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण