२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गोरखानाथ मन्दिर परिसरमा रोट महोत्सव हुने

२०८०, ३ बैशाख आईतवार ०५:४८

बैशाख ३, गोरखा | गोरखानाथ मन्दिरमा २०औँ सवा लाख रोट महोत्सव हुने भएको छ । गोरखा दरबार परिसरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रूपमा लिइने रोट चढाउने परम्परालाई प्रचार–प्रसार गर्दै गोरखा जिल्लाभित्र धार्मिक पर्यटन प्रवद्र्धनका लागि यही वैशाख २२ देखि जेठ १ गतेसम्म महोत्सव हुने भएको हो ।

गोरखनाथ मन्दिरमा दिनहुँ रोट चढाउने प्रचलन रहे पनि गएको २० वर्षदेखि यसलाई महोत्सवकै रूपमा समेत अगाडि बढाउन थालिएको आयोजक सिद्धाश्रम शक्ति केन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले जानकारी दिनुभयो । गोरखनाथ पृथ्वीमा पहिलोपटक गोरखाको पवित्रस्थल गोरख गुफामा प्रकट भएको धार्मिक मान्यताअनुसार यहाँको गोरखनाथ मन्दिरमा रोट चढाउने प्रचलन रहँदै आएको छ ।

रोट भुङ्ग्रे र तावा गरी दुई प्रकारका हुने उहाँले बताउनुभयो । “एक प्रकारको खाद्य वस्तुका रूपमा रहेको रोट गुरुगोरखनाथलाई मनपर्ने वस्तुका परिकार हो”, उहाँले भन्नुभयो, “चामलको पिठोमा नरिवल, ल्वाङ, अलैँची, चिनीलगायतका ५२ प्रकारका मसला मिसाएर घ्यूमा पकाइने वस्तुलाई रोट भनिन्छ ।” साना–साना आकारमा तयार गरिने यो रोटलाई नाथ प्रजातिका व्यक्तिहरूले शुद्व भई मन्त्रजप गरी बीचको भाग उठाएर बनाइएको हुन्छ ।  तत्कालीन नेपाल एकीकरणको समयमा सेनालाई प्रसादका रूपमा एउटा रोट र एक माना पानी खुवाएपछि भोक नलाग्ने र लामो समयसम्म लडाइँ लड्न सकेको भन्ने भनाइ शिलालेखमा पाइन्छ ।

रोट महोत्सवमा सहभागी हुन आउने भक्तजनका लागि खाने, बस्नेलगायतका सवै सुविधा निःशुल्क उपलब्ध गर्ने व्यवस्था गरिएको अकेलाले जानकारी दिनुभयो । भक्तजनका लागि भजनकीर्तन गर्नसमेत विशेष ठाउँको व्यवस्था गरिएको छ भने रोट पकाउन लागि दाउरालगायतको समेत विशेष व्यस्थापन गरिएको उहाँले बताउनुभयो । महोत्सव गर्न करिब रु २५ लाख खर्च लाग्ने अनुमान गरिएको संयोजक अकेलाले जानकारी दिनुभयो ।

लाग्ने खर्च हरेक वर्ष शक्ति केन्द्र, साधक, भक्तजन, स्थानीय समाजसेवी तथा सङ्घसंस्थाबाट स्वेच्छिकरूपमा जुटाइन्छ । एघार दिनसम्म चल्ने महोत्सवका लागि गोरखा आउने श्रद्धालु भक्तजनको आवास र खानाको प्रबन्ध आयोजकले व्यवस्थापन गर्ने जानकारी दिएको छ । वैशाख २२ गते बाजागाजासहित गोरखा सदरमुकामबाट गोरखनाथ मन्दिरसम्म रथयात्रा गरिनेछ । रोट महोत्सवमा हरेक दिन साधक साधिकाबाट धार्मिक प्रवचन तथा भजनकीर्तनसमेत हुने केन्द्रले जनाएको छ ।

महोत्सवले गोरखाको प्रचार–प्रसार जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन विकासमा टेवा पुग्ने आयोजकले विश्वास लिएको छ । यहाँको रोट महोत्सव अवलोकन र प्रसाद ग्रहण गर्नका लागि भारतलगायतका देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गर्दछन् । महोत्सवमा एक लाख श्रद्वालु भक्तजनले सहभागिता जनाउने आयोजकको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै