बैशाख ३, काठमाडौँ | एक महिनाअघि करेन्ट लागेर घाइते बुटवलका उद्योगी खेम श्रीसमगरको मृत्यु भएको छ । नवलपरासीको बर्दघाटमा विद्युतिकरणको काम गर्दा करेन्ट लागेर गम्भीर घाइते भई काठमाडौंमा उपचाररत श्रीसको आइतबार बिहान मृत्यु भएको हो ।
नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय सचिवालय सदस्य एवं महासंघ लुम्बिनी प्रदेश कार्यवाहक अध्यक्ष श्रीस बुटवल औद्योगिक क्षेत्रको बुटवल इलेक्ट्रोनिक्स एण्ड ट्रान्सफर्मर उद्योगका सञ्चालक हुन् ।
५७ वर्षीय श्रेष्ठ उद्योग ब्यापार संघ बुटवलका पूर्वअध्यक्ष हुन् । श्रीसको निधनले बुटवलको औद्योगिक क्षेत्रलाई ठूलो क्षति पुगेको रुपन्देही उद्योग संघका कार्यकारी अधिकृत यादव भण्डारीले जनाएका छन् ।
आफै प्राविधिक क्षेत्रमा दक्ष बनेर श्रीसले यो क्षेत्रमा पहिलो ट्रान्सफर्मर उद्योग खोलेका थिए ।करेन्ट लागेर घाइते उद्योगी श्रीसको मृत्यु
बैशाख ३, काठमाडौँ | एक महिनाअघि करेन्ट लागेर घाइते बुटवलका उद्योगी खेम श्रीसमगरको मृत्यु भएको छ । नवलपरासीको बर्दघाटमा विद्युतिकरणको काम गर्दा करेन्ट लागेर गम्भीर घाइते भई काठमाडौंमा उपचाररत श्रीसको आइतबार बिहान मृत्यु भएको हो ।
नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय सचिवालय सदस्य एवं महासंघ लुम्बिनी प्रदेश कार्यवाहक अध्यक्ष श्रीस बुटवल औद्योगिक क्षेत्रको बुटवल इलेक्ट्रोनिक्स एण्ड ट्रान्सफर्मर उद्योगका सञ्चालक हुन् ।
५७ वर्षीय श्रेष्ठ उद्योग ब्यापार संघ बुटवलका पूर्वअध्यक्ष हुन् । श्रीसको निधनले बुटवलको औद्योगिक क्षेत्रलाई ठूलो क्षति पुगेको रुपन्देही उद्योग संघका कार्यकारी अधिकृत यादव भण्डारीले जनाएका छन् ।
आफै प्राविधिक क्षेत्रमा दक्ष बनेर श्रीसले यो क्षेत्रमा पहिलो ट्रान्सफर्मर उद्योग खोलेका थिए ।