२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपालगञ्जको त्रिभुवनचोक ‘स्ट्रिट फुड लेन’ बन्दै

२०८०, ३ बैशाख आईतवार १०:५५

बैशाख ३, काठमाडौँ | पर्यटकीय आर्कषण बढाउन बनाइएका विभिन्न योजनासँगै नेपालगञ्ज सहरलाई रैथाने स्वादको केन्द्रको रूपमा विकास गर्ने योजना अघि सारिएकोे छ । त्रिभुवनचोकमा पाइने चाट, पानीपुरी, राबडी, पकौडा, लस्सीलगायत रैथाने स्वादमा झुम्नेहरूका लागि  सो चोकलाई व्यवस्थित ‘स्ट्रिट फुड लेन’ का रूपमा विकास र विस्तार गर्ने अवधारणा अघि सारिएको हो । 

नाट्टा बाँके च्याप्टरले नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय गरी श्रीराम सिग्देलको संयोजकत्वमा फुडलेन व्यवस्थापन समिति गठन गरेको र सो समितिको बैठकले रैथाने स्वादलार्य  बजारमा प्रवद्र्धन गराउन त्रिभुवन चोकलाई केन्द्र पारेर ‘फुडलेन’ राख्ने निर्णय गरेको छ ।

“रैथाने स्वादका लागि त्रिभुवन चोकलाई व्यवस्थित गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ”, नगरप्रमुख प्रशान्त विष्टले भन्नुभयो, “हामीलाई विश्वास छ, स्वादका पारखीका लागि यसले एउटा राम्रो बजार निर्माण गर्नेछ  ।”

पत्रकार झलक गैरेले नेपालगञ्जमा परम्परागत स्वादका खाना धेरै बन्ने गरेको र त्यसलाई ब्राण्डिङ गर्न र व्यवसायीकरण गर्न सो अवधरणा आएको बताउनुभयो । “घर घरमा विभिन्न स्वादका खाना बन्छन् त्यसलाई एउटै थलोमा राखेर नेपालगञ्जको परिचय दिन खोजिएको छ” उहाँले भन्नुभयो ।  

संयोजक सिग्देलले रैथाने स्वादलाई व्यवसायीकरण गर्दै परम्परागतरूपमा स्वाद उपलब्ध गराउँदै आएकालाई अवसर उपलब्ध गराउन फुडलेनको अवधारणा अघि सारिएको उल्लेख गर्नुभयो ।  

क्लिन तथा ग्रिन नेपालगञ्जका संयोजक डा विनोद कर्ण, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा विकासका लागि नागरिक सरोकार समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठ, हस्पिटालिटी विज्ञ भरत विष्ट, रामजी पाठक, हरित अभियन्ता हेमन्तराज काफ्ले, युवा उद्यमी नीरञ्जन राजभण्डारी, विन्दु घर्तीमगरलगायतले नेपालगञ्जका दर्जनौंँ मौलिक स्वादलाई व्यवसायीकरण गर्दै एकैथलोमा उपलब्ध गराउने अवधारणाले नेपालगञ्जको आन्तरिक बजार चलायमान हुनाका साथै पर्यटन प्रर्वद्धनका लागि पनि एउटा आकर्षण बनाउने बताउनुभयो । 

करिब तीन महिना अघिदेखि सोमबार बेलुका नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा महाआरती हुँदै आएको छ । यसले पनि धार्मिक पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै