२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गौतमबुद्ध रंगशालाको १२ करोड ऋणमात्रै सरकारले सकार्‍यो, खेलकुद परिषद्लाई पत्राचार

२०८०, ४ बैशाख सोमबार ०६:१४

बैशाख ४, काठमाडौँ | चितवनमा निर्माणाधिन गौतमबुद्ध रंगशालामा लागेको ऋणमध्ये १२ करोडमात्रै सकार्ने निर्णय गरेको खुलेको छ । धुर्मुस-सुन्तली फाउन्डेसनले १८ करोडभन्दा बढी उधारो र ऋण तिर्न बाँकी रहेकोमा बाँकी ६ करोड रूपैयाँ कसरी फरफारक गर्ने भन्ने स्पष्ट नहुँदा रंगशाला निर्माणको अन्योल हटेको छैन ।

दुई साताअघि बसेको मन्त्रिपरिषद् बैठकले रंगशालाको स्वामित्व सरकारले लिएर निर्माण अघि बढाउने निर्णय गरेको थियो । तर, उक्त निर्णय अहिलेसम्म पनि गोप्य राखिएको छ । सरोकारवाला निकायहरू सरकारको निर्णयबारे अनभिज्ञता दर्शाइरहेका छन् । यद्यपि, मन्त्रिपरिषद्ले गरेको निर्णय हिजोमात्रै खेलकुद परिषद्लाई पठाइएको खेलकुद मन्त्रालय स्रोतले बतायो ।

‘रंगशाला निर्माणको अगुवाइ अब परिषद्‌बाट हुन्छ,’ स्रोतले भन्यो, ‘हिजो बेलुका साढे चार बजे मन्त्रालयबाट परिषद्लाई पत्र गएको छ ।’

परिषदका सदस्य सचिव टंकलाल घिसिङले भने अहिलेसम्म पत्र नआएको बताए । सरकारले गरेको निर्णयबारे औपचारिक जानकारी नरहेको समेत उनको भनाई छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सरकारले रंगशालाको ऋण तिर्न फाउन्डेसनलाई १२ करोड रूपैयाँ खेलकुद परिषद्‌मार्फत उपलब्ध गराउने निर्णय गरेको हो । यद्यपि, सरकारीस्तरबाटै भएको अडिट रिपोर्टमा १८ करोड ४३ लाख रूपैयाँ उधारो रहेको देखिएको छ । भरतपुर महानगरकी मेयर रेनु दाहालको सुझावअनुसार १२ करोडमात्रै सरकारले सकार्ने प्रस्ताव प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्‌मा गरेको स्रोतको दाबी छ ।

स्रोतले थप्यो, ‘सुरूमा मन्त्रिपरिषद्‌ले भरतपुर महानगरमार्फत यो ऋण फरफारक गर्ने निर्णय गरेको थियो । तर, महानगरप्रमुख दाहालले आफूहरू यसको जिम्मेवारी नलिने भन्दै सरकारबाटै फाउन्डेसनलाई हस्तान्तरण गर्न सुझाव दिनुभयो । त्यसै अनुसार अहिले मन्त्रिपरिषद्को निर्णयलाई सच्याएर खेलकुद परिषद्‌मार्फत रकम हस्तान्तरण गर्न लागिएको हो ।’

भरतपुर महानगर प्रमुख दाहाल सरकारले १२ करोड दिएपछि बाँकी ६ करोडको जोहो फाउन्डेसनले नै गरोस् भन्ने पक्षमा छिन् । तर, फाउन्डेसन आफैंले स्रोत जुटाउन सक्ने आधार देखिएको छैन । अहिले रंगशालामा करिब अढाई करोडको निर्माण सामग्री स्टक छ । त्यसको हिसाब गर्दा पनि थप साढे तीन करोड अपुग हुन आउँछ । सबै रकम फरफारक नगरिकन फाउन्डेसनबाट स्वामित्व लिएर रंगशालाको निर्माण अगाडि बढाउने वातावरण नबन्ने परिषद् स्रोत बताउँछ ।

खेलकुद परिषद्का एक अधिकारीले भने, ‘सरकारले अपूरो निर्णय गर्दा रंगशाला निर्माण अघि बढाउने बाटो खुल्न सकेको छैन । रंगशालाको स्वामित्व लिने भनिसकेपछि यसमा लागेको सबै ऋणको दायित्व पनि लिने निर्णय हुनुपर्थ्यो । तर, खोइ किन हो अधुरो निर्णय भयो ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ