२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बैंकमा जम्मा भएको ५५ खर्ब रुपैयाँलाई उद्योगमा परिचालन गरी राेजगारी सिर्जना गरौँ : सांसद पौडेल

२०८०, ५ बैशाख मंगलवार ०९:३२

वैशाख ५, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले बैंकमा जम्मा भएर बसेका रकमलाई उद्योगमा लगानी गर्न सरकारसँग माग गर्नुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले बैंकमा ५५ खर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको उल्लेख गर्दै त्याे रकम देशका रुग्ण उद्योगहरूमा परिचालन गर्नुपर्ने बताउनुभएको हो । उहाँले अप्ठेराेमा परेका उद्योगहरूमा त्याे रकम परिचालन गरी रोजगारी सिर्जना गर्न माग गर्नुभयो । त्यस्तै उहाँले देशमा ४० लाख खोप प्रयोगविहीन अवस्थामा रहेको भन्दै त्यस सम्बन्धमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘बैंकमा ५५ खर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको छ । ५५ खर्ब रुपैयाँ भनेको सरकारले औसत तीन पटक प्रस्तुत गर्ने बराबरको बजेट हो । त्यो रकमलाई छिट्टै देशका रुग्ण भएका, अप्ठेराेमा परेका उद्योगहरूमा परिचालन गरी रोजगार सिर्जना गर्ने गरी प्रधानमन्त्रीले गरेका घोषणाअनुसार अगाडि बढाइयोस् । यस्तै ४० लाख खाेप प्रयोग नभएको भनेर समाचार आएको छ । त्यो खोप प्राविधिक हिसाबले नमिल्ने भएर प्रयोग नभएको हो कि हाम्रो लापर्बाहीको कारणले प्रयोग नभएको हो, त्यसको बारेमा पनि सम्बन्धित निकायले छानबिन गराेस् ।’

सांसद पौडेलले यस वर्ष विद्यार्थीले समयमै किताब पाउनु राम्रो भएको उल्लेख गर्दै यसैगरी अस्पतालमा पनि बिरामीले आकस्मिक उपचार पाउनुपर्ने बताउनुभयो । उहाँले किसानले समयमै रासायनिक मल पाउनुपर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ