२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चेपाङ समुदायमा निःशुल्क विद्युत् मिटर जडान

२०८०, ६ बैशाख बुधबार ०७:००

बैशाख ६, मुग्लिन | चितवनको इच्छाकामना गाउँपालिकाले सिमान्तकृत चेपाङ समुदायको घरमा निःशुल्क नयाँ विद्युत् मिटर जडान गर्न सहयोग गरेको छ ।  गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरे अनुसार सो समुदायको घरमा विद्युत् मिटर जडान गरिदिएको हो ।

गाउँपालिकाले हालसम्म वडा नं ६ को २१ घरमा मिटर जडान गरिदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं ७ को २३ र वडा नं ४ का १० घरमा पनि जडान गर्ने अन्तिम तयारी भइरहेको छ । साथै चालु आव सो कार्यक्रमका लागि रु दुई लाख बजेट विनियोजन गरेकोले आवश्यकता अनुसार थप घरमा समेत जडान गरिने उहाँले  बताउनुभयो । 

गाउँपालिकाले– ४ र ६ मा इच्छाकामनामा ग्रामीण विद्युतीकरण कार्यक्रम सञ्चालन गरिरहेको मुग्लिनस्थित मस्र्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थामार्फत निःशुल्क मिटर जडान गरिरहेको छ, भने वडा नं ७ मा नेपाल विद्युत् प्राधिकरणमार्फत मिटर जडान गरिरहेको छ । गाउँपालिकाले सिमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी यो कार्यक्रम ल्याइए पनि विपन्न वर्गका अन्य समुदायको घरपरिवारमा समेत निःशुल्क विद्युत् मिटर जडान गरिने गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो ।

 साथै आगामी वर्षमा पनि कार्यक्रमलाई निरन्तरता दिँदै उनीहरुको न्यूनतम विद्युत् महसुलसमेत गाउँपालिकाले तिर्ने योजना ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस