२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

२ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

२०८०, ७ बैशाख बिहीबार १०:१२

बैशाख ७, काठमाडौँ | लागुऔषध नियन्त्रण व्यूरोले १ किलो ८० ग्राम कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेशस्थित अलिगढ २०२००१ ठेगाना भएका ५१ वर्षीय रवीन्द्र कुमार परासर र केन्याली नागरिक ६३ वर्षीय पिलिसिला वान्जा एन्डिरितु छन् ।


व्युरोका प्रवक्ता  एसपी चक्रराज जोशीका भारतीय नागरिक रवीन्द्रलाई मंगलबार कोकिनसहित ठमेलको एक होटलबाट पक्राउ गरिएको थियो। लागु औषधको कारोबार हुन लागेको सूचनाका आधारमा व्युरोबाट खटिएको टोली मंगलबार बिहान ९ बजे ठमेलस्थित रवीन्द्र बसेको होटलमा पुगेको थियो।

खानतलासीको क्रममा  कपडाको झोलाभित्र राखिएको लेडिज ब्यागमा फल्स बटम बनाइ  लुकाएर राखिएको अवस्थामा १ किलो ८० ग्राम कोकिन बरामद भएको एसपी  जोशीले जानकारी दिए। उक्त कोकिनको अवैध बजार मूल्य करिब दुई करोड ३३ लाख २८ हजार रहेको एसपी जोशीले जानकारी दिए। रवीन्द्रलाई नियन्त्रणमा लिइ सोधपुछपश्चात उक्त कोकिन नेपालसम्म ल्याउने केन्याली नागरिकलाई पक्राउ गर्न प्रहरी सफल भएको हो।

प्रहरीले उनलाई ठमेलकै अर्को होटलबाट पक्राउ गरेको हो। उनको साथबाट एक हजार अमेरिकी डलरसमेत बरामद गरेको छ। प्रहरीका अनुसार बरामद गरिएको कोकिन  AK 0779167  नम्बरको पासपोर्टबाहक ६३ वर्षीय पिलिसिलाले इथियोपियाबाट काठमाडौं ल्याइ  रवीन्द्रलाई दिएकी थिइन्।

पक्राउ परेका दुबैजना विरूद्ध लागुऔषध  (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागु औषध मुद्दामा  म्याद थप गरी अनुसन्धान भइरहेको एसपी जोशीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस