२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्याङ्जामा डढेलोले खायो ६२ वन

२०८०, ८ बैशाख शुक्रबार ०७:२३

वैशाख ८, वालिङ | सुक्खायामसँगै यहाँका वनहरुमा डढेलोको जोखिम बढ्दै गएको छ । दिनहुँजसो वनमा आगलागी भइरहेका छन् । जानीजानी वा दुर्घटनावश बुधबारसम्म स्याङ्जाका ६२ वनमा डढेलो लागेको तथ्याङ्क डिभिजन वन कार्यालयसँग छ ।

अहिले सबैभन्दा धेरै आगलागी वालिङ नगरपालिकाभित्रका वनमा लागेको छ । वालिङका २०, पुतलीबजारका १०, भिरकोटका आठ, आँधीखोला÷फेदीखोला सब डिभिजनअन्तर्गत आठ, चापाकोटका छ, अर्जुनचौपारिका पाँच, बिरुवा÷हरिनासका पाँच, गल्याङ÷कालीगण्डकी सब डिभिजनअन्तर्गतका दुई वनमा डढेलो लागिसकेको बन अधिकृत होमबहादुर बल्छौडीले जानकारी दिनुभयो । एघार वटा पालिकालाई समेटेर आठवटा सब डिभिजनमार्फत वनको कार्य विभाजन गरिएको छ । पुतलीबजार, वालिङ, भिरकोट, चापाकोट नगरपालिका, अर्जुनचौपारी गाउँपालिकामा एक÷एक सब डिभिजन रहेका छन् । आँधीखोला र फेदीखोला, बिरुवा र हरिनास, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा संयुक्त गरी एक÷एकवटा सब डिभिजन रहेका छन् ।

उहाँका अनुसार सबैभन्दा धेरै पुतलीबजार नगरपालिकाअन्तर्गतका वन क्षेत्र जोखिममा रहेका छन् । कार्यालयले सब डिभिजनअन्तर्गत वन क्षेत्रहरुको जोखिम मूल्याङ्कन गरी सोहीअनुसार सम्भावित घटना हुन नदिन सचेतना अपनाउँदै आएको छ । पुतलीबजारका कूल २६ वन डढेलोको जोखिममा छन् । वालिङका २५, चापाकोटका २२, भिरकोटका १५, बिरुवा÷हरिनासका १२, अर्जुनचौपारिका १०, गल्याङ÷कालीगण्डकीका १०, आँधीखोला÷फेदीखोलाका आठ गरी कूल एक सय २८ वन जोखिममा परेका छन् । तीमध्ये झन्डै आधा वनमा डढेलो लागिसकेको छ । बैसठ्ठी वटा वनमा डढेलो लाग्दा झन्डै पाँच सय हेक्टर वनमा क्षति पुगेको डिभिजन वन अधिकृत गल्छौडीँले बताउनुभयो ।

“डढेलो लाग्न सक्ने सम्भावित जोखिमका वन क्षेत्रहरु पहिचान गरी सरोकारवालाहरुबीच चेतनामूलक कार्यक्रम गरेका थियौँ”, उहाँले भन्नुभयो, “सतर्कता अपनाउँदा अपनाउँदै पनि डढेलोका कारण वनजङ्गल, वन्यजन्तु र जडीबुटी साथै पानीका स्रोतहरुमा पनि असर पारेको छ ।” डढेलोको सम्भावित जोखिम भएका ठाउँहरुमा समन्वयात्मक कार्यक्रमहरु, डढेलो सप्ताह, अग्निरेखा बनाउने तालिम, आगलागी भइहालेमा रोकथाम र नियन्त्रणका लागि सुरक्षा निकायहरुलाई उपकरणहरु उपलब्ध गराइएको डिभिजन वन अधिकृत गल्छौडीले बताउनुभयो । वनमा जानीजानी वा दुर्घटनाका कारणले डढेलो लाग्ने गरेको छ । देशैभरि झन्डै ६४ प्रतिशत आगलागी जानीजानी, ३२ प्रतिशत दुर्घटनावश लाग्ने गरेको अध्ययनबाट पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।

वनमा आगो लगाउनेलाई बिगो असुल, तीन वर्ष कैद सजाय, रु ६० हजार जरिवाना वा ती सबै सजाय हुने कानुनी व्यवस्था रहेको छ । वनको छेउछाउमा रहेका घर तथा खेतबारी भएका मानिसले झारपात पोल्दा पनि आगलागी हुने गरेको छ । जङ्गली जनावरहरु बाघ, बाँदर, मृग, मुसा, खरायो, दुम्सीलगायत जनावरबाट खेतीबाली जोगाउन पनि आगो लगाउने गरेको देखिन्छ । खरबारीमा डढेलो लगाएमा नयाँ घाँस राम्रो र बाक्लो पलाउँछ भनेर पनि आगो लगाउँदा नियन्त्रणभन्दा बाहिर गई ठूलो क्षति हुने गरेको छ । वनजङ्गलमा आगलागी हुँदा बस्तीमा ल्याइएका पानीका पाइपहरु पोलिएर जिल्लाका धेरै बस्तीहरुमा खानेपानीको हाहाकार नै भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस