२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाली सेनामा ४ हजार सैन्य पदमा भर्ना खुल्यो (सूचना)

२०८०, ८ बैशाख शुक्रबार ०७:४८

वैशाख ८, काठमाडौं | नेपाली सेनाले रिक्त रहेको ४ हजार ५ सय सैन्य पदमा पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालय, जङ्गी अड्डाले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि भन्दै शुक्रबार विज्ञापन प्रकाशन गरेको हो ।

विज्ञापन अनुसार खुलातर्फ २ हजार ३५१ पदका लागि दरखास्त मागिएको छ । त्यस्तै समावेशीतर्फ महिला कोटामा ३९०, आदिवासीरजनजातिमा ६७१, मधेसी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रका लागि ९० पदमा आवेदन मागिएको छ । त्यसै गरी शारीरिक रूपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततिका लागि २२५ कोटा छुट्ट्याइएको छ ।

तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारले नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त फाराम भर्न सक्नेछन् । आवेदन भरिसकेपछि उम्मेदवार स्वयम्ले त्यसको हार्डकपी प्रिन्ट(आउट गरी तोकिएका भर्ना केन्द्रमा बुझाउनु पर्ने बताइएको छ । त्यस्तै उम्मेदवार स्वयम् भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भरेर बुझाउन पनि सक्नेछन् ।

आवेदन पेस गर्ने मिति २०८० वैशाख ०८ देखि जेठ ०७ गतेसम्म तोकिएको छ । यद्यपि जेठको १४ गतेसम्म दोब्बर दस्तुर बुझाई दरखास्त दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस