२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति विवाद टुङ्गो लागेन

२०८०, ८ बैशाख शुक्रबार ०८:३५

वैशाख ८, कीर्तिपुर | रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति कीर्तिपुरमा स्थापनापछि उत्पन्न विवाद थप लम्बिने भएको छ । कीर्तिपुर नगरपालिकाले बिहीबार औपचारिकरुपमै कीर्तिपुरमा स्थापना गरिएका यी प्रतिमूर्ति हटाउन दिएको आदेशसम्बन्धी पत्र सम्बद्ध संस्था सुखी गँछे समाजले बुझ्न नमानेपछि वडा कार्यालयमा टाँस गरिएसँगै यससम्बन्धमा  उठेको विवाद लम्बिने सङ्केत देखिएको हो । 

नगरपालिका कर्मचारीले हटाउने आदेशसम्बन्धी पत्र सुरुमा समाजका अध्यक्षलाई बुझाउन खोजेका थिए । अध्यक्षले सचिवलाई बुझाउनु भनेपछि सचिवलाई बुझाउन खोजिएको र सचिव तथा अन्य सदस्यले समेत बुझ्न नमानेपछि २ नं वडा कार्यालयमा टाँस गरिएको थियो । 

रातो मछिन्द्रनाथको जात्रासँग जोडिएको कीर्तिपुर नगरपालिका–२ स्थित ‘प्यंगःथाँ’ (सांस्कृतिक चोक)मा स्थानीयसुखी गँछे समाजको पहलमा गत मङ्सिर महिनामा मच्छिन्द्रनाथ र याक मिसा (कन्या कुमारी) को प्रतिमूर्ति स्थापना गरिएको थियो । त्यसपछि ललितपुुरका  मच्छिन्द्रनाथ सम्बद्ध गुठी तथा संस्थाले तन्त्रसाधनामा आधारित मछिन्द्रनाथ र जीवित देवीको रुपमा पुजिने याक मिसाको प्रतिमूर्ति कीर्तिपुरमा स्थापना गर्दा परम्पराको ठाडो उल्लङ्घन हुन जाने ललितपुरका मच्छिन्द्रनाथ सम्बद्ध ३२ पानेजु सङ्घलगायत गुठीको भनाइ थियो । 

कीर्तिपुरको शक्तिपिठ मानिने प्यँगःथां र  आसन्न रातो मच्छिन्द्रनाथको भोटो जात्राबीच परम्परागत सम्बन्ध छ । हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथलाई थतिटोलबाट जाउलाखेलतर्फ तान्नुभन्दा चार दिन अघि जल पानेजु (मच्छिन्द्रनाथका पुजारी)नाँगै खुट्टाले हिँडेर कीर्तिपुरस्थित प्यांःगथाँ पुगी ‘याक मिसा’ (शक्ति स्वरुप मानिएकी कन्या)बाट प्रसाद ग्रहण गराउने परम्परा छ ।

यो परम्परालाई बेवास्ता गरी मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति स्थापना गरिएकाले सो नहटाएमा प्रसाद ग्रहण गराउने परम्परालाई निरन्तरता दिन नसकिने अडान पानेजु सङ्घको छ । यससम्बद्धमा श्री हयगृव भैरवनाथ तथा ३२ पानेजु सङ्घद्वारा जारी विज्ञप्तिमा रातो मच्छिन्द्रनाथ तन्त्रसाधनाका देवता भएको र याक मिसा जीवित देवी भएकीले उनको प्रतिमूर्ति बनाएर स्थापना गर्न नहुने उल्लेख छ । 

यसविपरीत कीर्तिपुरको सुखी गँछेले प्रतिमूर्ति स्थापना गरेपछि पानेजु सङ्घ, ललितपुर महानगरपालिका र पुरातत्व विभागले सो मूर्ति प्यंगः थाँबाट हटाएर अन्यत्र राख्न दबाब दिँदै आएका थिए । पुरातत्व विभागले समेत गत पुस २५ गते सुखी गँछेलाई पत्र पठाई सो मूर्ति हटाउन आग्रह गरेको थियो । त्यसपछि भएका वार्ता तथा बैठकको आधार भन्दै नगरपालिकाले सूचना जारी गरेको हो । 

सुखी गँछेसम्बद्ध व्यक्तिले भने स्थापना गरिसकिएको मूर्तिलाई हटाउन एकोहरो दबाब दिनाको साटो वार्तामार्फत सम्मानजनक निकास दिनुपर्ने अडान राख्दै आएका छन् । रासससँग कुरा गर्दै गँछेका सचिव नारायण महर्जनले पुरातत्व विभाग र ललितपुर महानगरलगायत निकायले वार्तामार्फत सहमतिको विन्दु पहिल्याउनाको साटो एकपक्षीय दबाब दिएको बताउनुभयो । मूर्ति स्थापना अघि पुरातत्व विभाग, कीर्तिपुर नगरपालिकासँग लिखित र पानेजु सङ्घसँग मौखिक सहमति लिइएको पनि उहाँले बताउनुभयो । “हामी पनि परम्परा नभत्कियोस् भन्ने पक्षमा छौँ र सबै विकल्पमा खुुला छौँ तर हामीलाई मात्र पेल्ने काम भयो”, उहाँको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस