महिलालाई बाघले लग्यो, प्रहरीद्वारा ७ राउन्ड गोली फायर

Posted on: 21 Apr, 2023

वैशाख ८, कञ्चनपुर । कञ्चनपुरमा एक महिलालाई घाँस काट्न गएका बेला बाघले लगेपछि प्रहरीले गोली फायर गरेको छ । बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित पछुइको खप्टीनालमा घाँस काट्न गएकी ४२ वर्षीया गंगा चन्दलाई बाघले लगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

शुक्रवार उनलाई बाघले लगेको स्थानीयसहित नजिकैको प्रहरीले देखेका थिए । प्रहरीले महिलालाई बाघबाट छुटाउन प्रयास गरेपनि नसकेको प्रहरीको भनाइ छ । सो क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले ७ राउन्ड फायर गरेको थियो  ।

बाघले महिलालाई जंगलमा लिएर गएको र अहिलेसम्म फेला नपारिएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!