विराटनगरमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप, प्रहरीले गर्यो अश्रुग्यास र लाठी प्रहार

Posted on: 22 Apr, 2023

वैशाख ९, विराटनगर | विराटनगरमा पहिचानको आधारमा प्रदेशको पुन: नामकरण माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको छ ।

प्रदेशको नाम कोशी राखेको विरोधमा भइरहेको आन्दोलनका क्रममा ५ चैतमा घाइते भई १० चैतमा मृत्यु भएका पदम लिम्बुको शव श्रद्धाञ्जलीका लागि शनिबार धरानबाट विराटनगर ल्याइएको थियो । शव प्रदर्शन गर्ने क्रममा विराटनगरको रोडशेषमा पुग्दा प्रहरीले अघि बढ्न नदिएपछि झडप भएको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेरको थियो र आन्दोलनरत पक्षले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको प्रहरीको भनाइ छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!