२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुकुम्बासीको तथ्याङ्क सङ्कलन

२०८०, १० बैशाख आईतवार ०१:५७

वैशाख १०, बैतडी । बैतडीका पाँच स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन गर्ने काम सम्पन्न भएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिंह ऐर (कपिल)का अनुसार  पञ्चेश्वर, सुर्नया, शिवनाथ गाउँपालिका, पुर्चौँडी र पाटन नगरपालिकामा तथ्याङ्क सङ्कलन गर्ने काम सम्पन्न भएको हो ।

तथ्याङ्क सङ्कलन भएका यी पालिकाले लगत सङ्कलनको काम सकेर आयोगमा तथ्याङ्क प्रविष्ट गरिसकेको जनाएको छ । सङ्कलित तथ्याङ्कमा पञ्चेश्वर गाउँपालिकामा दुई सय ४५ भूमिहीन दलित, छ परिवार भूमिहीन सुकुम्बासी र तीन सय ९६ परिवार अव्यवस्थित बसोबासी, सुर्नया गाउँपालिकामा सात परिवार भूमिहीन दलित, १६ परिवार भूमिहीन सुकुम्बासी र १९ परिवार अव्यवस्थित बसोबासी,  शिवनाथ गाउँपालिकामा ४८ परिवार भूमिहीन दलित, सात परिवार भूमिहीन सुकुम्बासी र तीन सय ४६ परिवार अव्यवस्थित बसोबासी रहेका छन् । 

यस्तै पुर्चौंडी नगरपालिकामा ५७ परिवार भूमिहीन दलित, १६ परिवार भूमिहीन सुकुम्बासी र ४९ परिवार अव्यवस्थित बसोबासी, पाटन नगरपालिकामा ५७ परिवार भूमिहीन दलित, ६४ परिवार भूमिहीन सुकुम्बासी र एक सय ५१ परिवार अव्यवस्थित बसोबासी रहेका कार्यालयले जनाएको छ । दश स्थानीय तह रहेको बैतडीका अन्य पालिकाले तथ्याङ्क सङ्कलन गरेका भए पनि विवरण बुझाउन ढिलाइ गरिरहेका ऐरको भनाइ छ ।  

जिल्लाका सबै स्थानीय तहलाई तथ्याङ्क सङ्कलन गरिदिन पटक–पटक आग्रह गरिएको भए पनि चासो नदिएकोले ढिलाइ भएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीका सदस्यसचिव एवं नापी कार्यालय बैतडीका प्रमुख विवेक चन्दले बताउनुभयो  । उहाँले भन्नुभयो, “दशवटै पालिकाले तथ्याङ्क सङ्कलनका लागि भूमि आयोगसँग सम्झौता गरिसकेका भए पनि तथ्याङ्क सङ्कलन गरेर नपठाउँदा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको व्यवस्थापनको काममा पनि समस्या भएको छ ।”

स्थानीय तहहरूले सङ्कलन गरेको तथ्याङ्क ‘इन्ट्री’ गरेर केन्द्रीय कार्यालय पठाइने र त्यसपछि लालपुर्जा वितरणको प्रक्रिया अगाडि बढ्ने राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस