बैशाख ११, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला सुनुवाइका लागि सोमबार काठमाडौं जिल्ला अदालतमा पेशी रहेको छ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा पेशी तोकिएको छ ।
नाबालिक बलात्कारको अभियोग लामिछाने दोषी ठहर हुने वा सफाइ पाउने भन्ने विषयमा फैसलाका लागि काठमाडौं जिल्ला अदालतको इजलास नम्बर २० मा प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।
यसअघि जाहेरवालाका कानून व्यवसायीले दुईजना सरकारी साक्षीको बकपत्र बाँकी रहेको भन्दै आदेश माग गरेपछि फैसला सुनुवाइ धकेलिएको थियो । गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि सोमबारका लागि पेशी तोकिएको हो ।
पाटन उच्च अदालतबाट २० लाख रूपैयाँ धरौटीमा छुटेयता सन्दीपले नेपाली राष्ट्रिय टोलीका लागि महत्वपूर्ण प्रदर्शन गर्दै आइरहेका छन् ।