वैशाख ११, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज वादीतर्फका वकिलहरुले ४ घण्टा बहस गरेका छन् । न्यायाधीश ढकालले सो मुद्धा ‘हेर्दाहेर्दै’ मा राख्न अस्वीकार गरेका छन् ।
मुद्दामा आज सरकारी वकिलहरुले बहस गरेका थिए । बहस नसकिएपश्चात हेर्दाहेर्दैमा राखेर अर्को दिन यसलाई निरन्तरता दिने प्रचलन छ ।
तर, न्यायधीश ढकालले हेर्दाहेर्दैमा राख्न इन्कार गर्दै अर्को पेशी तोकिने घोषणापछि दुवै पक्षका वकिलहरु आश्चर्यमा परेका थिए ।
२०७९ पुस २८ मा लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
असोज २० मा पक्राउ परेका सन्दीप नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई असोज २० मा नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत गौशालामा २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् ।