२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

महोत्तरीको गौशालामा ९ राउण्ड हवाई फायर

२०८०, ११ बैशाख सोमबार १२:१६

वैशाख ११, काठमाडौँ । महोत्तरीको गौशालामा प्रहरीले १३ राउण्ड अश्रुग्यास र ९ राउण्ड हवाई फायर गरेको छ।  सोमबार गौशाला नगरपालिका-४ मल्हिनियाँ पोखरीमा स्थानीयले प्रहरी उपर ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीयले प्रहरीमाथि आक्रमण गर्न थालेपछि प्रहरीले बचाउका लागि हवाई फायर गरिएको हो। प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोजकुमार यादव र सशस्त्र प्रहरी वेस क्याम्पका प्रहरी निरीक्षक शंकर थापा घाइते भएपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरी अवस्था सामान्य बनाइएको जनाएको छ।

अहिले अवस्था सामान्य छ। केही दिनअघि विष सेवनबाट मृत्यु भएकी स्थानीय आरती शाहलाई परिवारका सदस्यले हत्या गरेको आरोप लगाउँदै दोषीलाई कारबाहीको माग गर्दै स्थानीय महिला सञ्जालले आन्दोलन गरेको थियो।  प्रहरी स्रोतका अनुसार सो घटनाका मुख्य आरोपी मृतकका श्रीमान् उमेश साहलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाए पनि पीडित मृतककी माइती पक्ष र स्थानीय महिला सञ्जालले कारबाहीको माग गर्दै आज बिहानैदेखि आन्दोलन सुरु गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस