२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फ्लाइ दुबईको जहाजमा चरा ठोक्किएको पुष्टि भएन: नागरिक उड्डयन प्राधिकरण

२०८०, १२ बैशाख मंगलवार ०६:११

वैशाख १२, काठमाडौँ । काठमाडौंबाट दुबईका लागि उडेको एउटा जहाजले सोमबार राति एकाएक कोलाहल उत्पन्न गरिदियो, खासगरि सामाजिक सञ्जालमा । ९:२० मा उडान भरेको फ्लाइ दुवईको बोइङ ७३७ जहाज तुरुन्तै समस्यामा परेपछि ठूलो दुर्घटनाको त्रास उत्पन्न भएको थियो ।

काठमाडौंको कोटेश्वर, जडिबुटीतिरका जनताले उडिरहेको जहाजमा विष्फोटजस्तो आवाज सुन्नुका साथै आगोको झिल्कासमेत देखेका थिए । निकै बेरसम्म जहाजले काठमाडौंको आकाशमा फन्को मारिरहँदा यता त्रिभुवन विमानस्थलमा पनि तनाव सिर्जना भएको थियो । विमानस्थल स्रोतकाअनुसार उडेको एक मिनेटपछि नै पाइलटले जहाजको बायाँ इन्जिनमा समस्या आएको जानकारी एयर ट्राफिक कन्ट्रोल (एटीसी) लाई गराएका थिए ।

फ्लाइ दुवईले आफ्नो कम्पनीको एफजेड ५७६ विमानमा चरा ठोक्किएको स्पष्टीकरण दिएको छ । दुवई मिडिया अफिसको ट्वीटर ह्यान्डरमा लेखिएअनुसार काठमाडौंबाट उडान भर्ने क्रममा विमानले ‘बर्ड स्ट्राइक’ को सामना गरेको थियो । उचित मापदण्डहरू अपनाउँदै जहाजको उडानलाई निरन्तरता दिइएको सो कम्पनीले बताएको छ ।

तर, नेपाल नागरिक उड्ययन प्राधिकरणले भने बर्ड स्ट्राइकको दाबी अस्वीकार गरेको छ । प्राधिकारणका प्रवक्ता निरौलाले आफ्नो प्राविधिक कमजोरी ढाकछोप गर्न चराको बहाना गरिएको हुन सक्ने बताए ।

‘चरा ठोक्किएकै होइन । त्यो पुष्टि भएको छैन । चरा ठोक्किएको भए पाइटले यहाँको यहाँको टावरलाई किन भनेनन् ? हामी एयरपोर्टको मान्छेलाई थाहा छैन । उसले आफ्नो गल्ती ढाकछोप गरेको मात्र हुनसक्छ,’ निरौलाले भने ।

विज्ञहरूका अनुसार जहाजमा चरा ठोक्किनु कहिले सामान्य त कहिले गम्भीर हुन सक्छ । चराले जहाजको कुन पार्टमा हिर्कायो र चरा कत्रो थियो भन्नेमा पनि भर पर्ने उनीहरूको भनाई छ । त्यसो त उडिरहेको विमानमा मकैको दानाजस्तो सानो वस्तुले पनि स्ट्राइक गर्‍यो भने प्वाल पर्न सक्छ । त्यस्तो अवस्थामा इन्जिनमा असर गर्ने वा आगोसमेत लाग्ने सम्भावना भएकाले पाइलटले आकस्मिक अवतरण गराउने गर्छन् ।

तर, प्राधिकरणका प्रवक्ता निरौला हिजोको केसमा चरा ठोक्किएको कुनै प्रमाण नभेटिएको बताउँछन् ।

‘ठोक्किएको हो भने चराको अवशेष भेटिन्थ्यो होला । जहाजमा दुलो पर्थ्यो होला । त्यस्तो केही भएको अवस्था छैन,’ उनले भने ।

एउटा मरेको चरा विमानस्थलको धावनमार्गमा भेटिएको निरौलाले स्वीकार गरे । तर, त्यो चरा हेर्दा हिजै ठोकिएर मरेको नदेखिने उनको भनाई छ ।

‘चरा भेटिएको त हो । तर, यहाँ दिउँसो पनि शिकारी घुमिरहेका हुन्छन् । उनीहरुले मारेको हुन सक्छ । हिजै मरेर खसेको भए त आलो हुनुपर्थ्यो । सुकिसकेको चरा भेटिएको हो,’ उनले भने ।

पाइलटले रिस्क लिएका हुन् ?

आगोको लप्का देखिएको र विस्फोटको आवाजसमेत सुनिएको जहाज आकस्मिक अवतरण नगराइ गन्तव्यतर्फ लगेर पाइलटले के जोखिम मोलेका हुन् ? त्रिभुवन बिमानस्थलमा कार्यरत एक इन्जियनियरको भनाइमा यदि जहाज काठमाडौंमै फिर्ता गरिएको भए त्यसलाई फेरि उडाउन समस्या पर्न सक्थ्यो । फ्लाइ दुवइले आफ्नो प्राविधिकहरू पठाएर अनुसन्धानहरू गरेपछि मात्रै जहाज उडाउन अनुमति पाउँथ्यो । त्यसबाट उसको खर्च बढ्ने थियो । त्यसैले अलिकति रिस्क मोलेरै जहाजको उडानलाई निरन्तरता दिएको उनको दाबी छ ।

‘उनीहरूको आफ्नै रुल्स एन्ड रेगुलेसन्स हुन्छन्, तर नेपालमा चाहीँ यस्तो केसमा थोरै पनि रिस्क लिन दिइँदैन,’ ती इन्जिनियरले भने ।

प्रवक्ता निरौलाले चाहीँ रिस्क लिएको भन्न नमिल्ने बताए ।

‘उसले होल्ड गरेर राम्ररी हेरिसकेपछि सबै नर्मल देखिएकाले उडान निरन्तरता दिएका हुन्,’ उनले भने । विमानमा झिल्को देखिए पनि आगो नलागेको उनको भनाई छ । 

‘आगो बलेको होइन, झिल्को देखिएको हो । मोटरसाइकलमा किक हान्दा पनि स्पार्क हुन्छ नि कहिलेकाहीँ, विमानको इन्जिनमा पनि कहिलेकाहीँ खराबी आउँदा यस्तो स्पार्क हुन्छ । आगो नै लागेको भए त उडाउने स्थिति नै हुँदैनथ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस