४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

साथीलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा १३ जना बालिका पक्राउ

१३ बैशाख २०८०, बुधबार ०५:२०

वैशाख १३, विराटनगर | साथीलाई कुटपिट गरी हत्या गर्ने प्रयास गरेको आरोपमा १३ जना बालिका पक्राउ परेका छन् । मिक्लाजुङ गाउँपालिका- ३ मा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययन एक विद्यार्थीमाथि कुटपिट गरी हत्या गर्ने प्रयास गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले सोही विद्यालयमा पढ्ने वर्ष १४ की बालिकालाई स्कुलमा कुटपिट गरी ज्यान मार्ने प्रयास गरेको पाइएकाले उनीहरू पक्राउ परेका हुन् । सोही विद्यालयमा अध्ययन गर्ने १३ जना बालिकाहरूले सङ्गठितरूपमा कुटपिट गरी भिडिओसमेत बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गरेको आधारमा उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको दाहालले जानकारी दिए ।

घटनामा संलग्न सम्पूर्ण १३ जना बालिकाहरूलाई प्रहरीले पक्राउ गरी मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगमा ५ दिनको म्याद थप गरी अनुसन्धान थालेको हो । सामूहिक घटना भएकोले यस बारेमा गम्भीररूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्कुले बालिकाहरू जोडिएको घटना भएकोले यो घटनालाई बाल संवेदनशीलताको आधारमा पनि अनुसन्धान भइरहेको जनाइएको छ ।

सामूहिक घटना भएकोले यस बारेमा गम्भीर रूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते बालिकाको विर्तामोङ बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ