२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपालमै सुरू भयो सामसङ ब्रान्डको टेलिभिजन उत्पादन

२०८०, १३ बैशाख बुधबार १२:११

बैशाख १३, काठमाडौँ | सामसङ ब्रान्डले नेपालमै टेलिभिजन उत्पादन सुरू गरेको छ । हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा सामसङले नवलपरासीमा टेलिभिजन कारखाना नै स्थापना गरेर उत्पादन सुरू गरेको हो ।

टेलिभिजन उत्पादन गर्ने कारखानाको उद्घाटन बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सामसङ दक्षिण(पश्चिम एशियाका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत जेबी पार्कले संयुक्त रुपमा गरेका छन् । स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने गरी नेपालमा बहुराष्ट्रिय कम्पनीले इलेक्ट्रोनिक्स उत्पादन गर्न स्थापना भएको यो नै पहिलो उद्योग भएको कम्पनीले जनाएको छ ।

उद्घाटन कार्यक्रममा सामसङ दक्षिण(पश्चिम एशियाका अध्यक्ष पार्कले नेपालमा दुई दशकभन्दा बढी समयदेखि रहिरहेको सामसङले नेपाली जनतासँग एउटा बलियो सम्बन्ध गाँसिसकेको बताए । साझेदार हिम इलेक्ट्रोनिक्ससँगको यो नयाँ टेलिभिजन कारखानाले नेपालसँगको सम्बन्धलाई अझ मजबुत बनाउने र स्थानीय उद्योगलाई सशक्त बनाउन गरिरहेको कार्यको अर्को उदाहरण भएको उनले बताए ।

टेलिभिजन कारखानाले यस क्षेत्रका जनतालाई रोजगारीका अवसरहरु उपलब्ध गराउने भन्दै अध्यक्ष पार्कले दक्ष जनशक्ति निर्माण गर्नमा पनि कम्पनीले उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । ‘नेपाल सरकार र स्थानीय निकायहरुले लिएको बलियो लक्ष्य र हामीलाई प्राप्त निरन्तर सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं’ उनले भने ।

कार्यक्रममा गोल्छा समूहका अध्यक्ष शेखर गोल्छाले सामसङसँगको सहकार्यमा स्थापित नयाँ टेलिभिजन कारखानाले यस क्षेत्रमा व्याप्त सम्भावनालाई दर्शाउने बताए । विश्वकै सबैभन्दा बृहत् इलेक्ट्रोनिक्स कम्पनीले नेपाली बजार प्रति गहिरो अभिरुची देखाएको भन्दै उनले यसलाई महत्वपूर्ण संकेत भएको पनि बताए । टेलिभिजन उद्योग स्थापनाले देशको अर्थतन्त्रमा, रोजगारी, मूल्य अभिवृद्धि र देशको सिमापारीका अवसरहरुका रुपमा धेरै सकारात्मक योगदान पुग्ने उनले बताए ।

कार्यक्रममा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुक, सामसङ इलेक्ट्रोनिक्सका नेपाल प्रमुखसुङ जुन पार्क लगायत अन्य स्थानीय अधिकारीहरुको उपस्थिति रहेको थियो ।

यो टेलिभिजन कारखानाको शिलान्यास अगष्ट, २०२२ मा गरिएको थियो ।

सामसङले हिम इलेक्ट्रोनिक्समार्फत् नेपालमा टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, ओभन र स्मार्टफोनहरू बिक्री वितरण गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस