२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पाँचभाइको सुन्तला खेती

२०८०, १४ बैशाख बिहीबार ०६:५४

वैशाख १४, गलकोट | बागलुङ नगरपालिका–९ तित्याङको अदुवाबारीस्थित एउटै पाटो खेतमा झण्डै ५०० सुन्तलाका विरुवा हुर्किरहेका छन् । राम्रो धान फल्ने खेत तीन वर्षयता सुन्तला बगँैचामा परिणत भएको हो। 

कम लगानीमा धेरै आम्दानी दिने सुन्तला खेतीका लागि भकुण्डेका पाँचभाइले खेत मासेर सुन्तला रोपेका हुन् ।बागलुङ नगरपालिका–१० भकुण्डे घर भएका ती दाजुभइले १८ रोपनी जग्गामा ५०० सुन्तलाका विरुवा लगाएका र ती विरुवाले आगमी वर्षदेखि उत्पादन दिन थाल्ने छन् । 

पैँतिस वर्षसम्म पढाउँदै आउनुभएका ६२ वर्षीय रेशमलाल शर्माले आफ्नो छ रोपनी जग्गामा २०० सुन्तलाका विरुवा लगाउनुभएको छ भने अन्य चारभाइले १२ रोपनी जग्गामा करिव ३०० सुन्तलाका विरुवा लगाउनुभएको छ । 


भकुण्डेमा घर र खेत तित्याङमा भएकाले धान उत्पादनको लागत बढेको र मकै तथा गहुँ नछर्दा छ महिना बाँझो छोड्नु पर्ने अवस्थामा रहेको खेत अहिले सुन्तलाका विरुवाले हरीयाली बनेको रेशमलाल शर्माले जानकारी दिनुभयो । 

“हामी पाँच भाइको एउटै पाटो खेत थियो, अहिले उक्त खेत सुन्तला बगैचामा परिणत भएको छ, आगमी वर्षदेखि उत्पादन देला, पाँच भाइको सल्लाहमै उक्त खेतलाई एउटै बगैँचाको रूपमा विस्तार गर्न सुन्तला लगाएका हौं” उहाँले भन्नुभयो “धान खेतीभन्दा सुन्तलाबाट दोब्बर आम्दानी गर्न सकिने हाम्रो अठोट छ ।”

रेशमलालसहित, ताराप्रसाद शर्मा, लक्ष्मण शर्मा, केशव शर्मा र दामोदर शर्माले धान खेतीभन्दा सुन्तला खेतीबाटै राम्रो आम्दानी गर्न सकिने भन्दै १८ रोपनी जग्गामा तीन वर्षअघि सुन्तला खेती थाल्नुभएको हो । उक्त सुन्तला बगैँचा जिल्लाकै ठूलो बगैँचाका बनाउने गरी एकिकृतढङ्गले सुन्तला खेती थालिएको र  रेशमलाल भने अझै १०० विरुवा थप्ने लक्ष्यमा हुनुहुन्छ । 

धान, मकै र गहुँ गरी तीनबाली हुने खेतमा भकुण्डेबाट आएर तीन खेती गर्न संभावना नभएको र धान खेती मात्रै गर्दा २५ देखि ३० मुरी धानले खन–जोत र खेतालाको रकमसमेत नउठ्ने भएकाले सुन्ताला खेतीमा लागेको अर्का भाइ केशव शर्माले बताउनुभयो । 

“धान खेतीमा भन्दा सुन्तलामा राम्रो आम्दानी हुन्छ भन्ने हाम्रो निर्णय भयो र अहिले सबै बगैँचामा रु पाँच लाख लगानी भइसकेको छ, सिगानाका उन्नत जातका विरुवा मापदण्डअनुसार खाडल खनेर लगाइएको छ” उहाँले भन्नुभयो “बागलुङ बजारबाट नजिकै रहेको तित्याङमा नमूना सुन्तला बगैचा बनाएर कृषकहरूका लागि अध्ययन अवलोकनको केन्द्र समेत बनाइने लक्ष्य छ ।”

एक/एक मिटर लामो र गहिरो खाडलमा गोबर मल हालेर पाँच मिटरको फरकमा सुन्तलाका विरुवा लगाइएको छ । 

सुरुमा सुन्तला खेतीलाई बढी मेहनत गर्न परे पनि विरुवा हुर्किएपछि समस्या नहुने कृषक केशवको भनाइ थियो । सुन्तला फार्ममा एकजनालाई रोजगारी दिनेगरी पाँच भाइबीच सल्लाह भइरहेको छ । 

एकिकृतरूपमा सुन्तला खेती गर्दा सुरक्षा, सिंचाई तथा मलजलमा सहज हुनेछ । अठार रोपनी जग्गामा फैलिएको सुन्तला बगैँचालाई ‘आरम्भ एकिकृत कृषि फार्म’ नामाकरण  गरेर दर्ता गरिएको छ । उक्त बगँैचालाई तारबार गर्न आवश्यक रहेको सुन्ताला किसानहरुको भनाइ थियो सुन्तला किसानलाई  बगैँचा व्यवस्थापन तथा औषधि र उपकरणमा अनुदान दिन सकिने कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस