कञ्चनपुरमा नालामा डुबेर महिलाको मृत्यु

Posted on: 27 Apr, 2023

वैशाख १४, कञ्चनपुर | कञ्चनपुरको पुर्नबास नगरपालिकामा आज लमैया नाला तर्ने क्रममा एक महिलाको डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका अनुसार घाँस काट्ने जाने क्रममा नाला तर्ने क्रममा पुर्नवास नगरपालिका–१०  कालिका मन्दिरका ३२ वर्षीया तारा विष्टको मृत्यु भएको हो ।

प्रहरीका अनुसार नालामा महिला डुबेको देखेपछि स्थानीय बालबालिकाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक महिलाको शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पु¥याएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!