२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै महावीर पुनले थाले आन्दोलन

२०८०, १५ बैशाख शुक्रबार ०५:२६

बैशाख १५, काठमाडौँ | राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले माइतीघर मण्डलाबाट आन्दाेलन सुरु गरेका  छन् ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आज बिहान माइतीघर मण्डलाबाट आन्दोलन सुरु गरेका हुन् ।

उनले नवप्रवर्तन अनुसन्धान र आविष्कार कोष खडा गर्न माग गरे । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेर कुरा राखेपनि सरकार गम्भीर नभएपछि आन्दोलनको घोषणा गरेका थिए । पुनले सरकारलाई भेटेर आन्दोलन गर्दैछौं है भनेर सूचना दिन बालुवाटार गएको बताए ।

उनले भने,‘अस्ति प्रधानमन्त्री, शिक्षामन्त्री, योजना आयोगको उपाध्यक्ष लगायतलाई  भेटेर हामीले आन्दोलन गर्दैछौं है भनेर सूचना दिन गएको हौं ।’

उनले १० वर्षदेखि आफनो माग सम्बोधन नभएको भन्दै गुनासो पोखे । उनले सरकारसँग ४ बुँदे माग राखेका छन् ।

१. संघिय सरकार र प्रदेश सरकारले विकास बजेटको एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोषमा राखोस् ।

२. कोषमा राखेको रकमलाई खर्च गर्नका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि सहज रुपमा प्रतिभा भएका युवाहरुलाई पुयाउनको लागि छुटै कानुन बनाओस्।

तर सार्वजनिक खरिद अन्तर्गत कानुन नबनाओस् ।

३. आविष्कार केन्द्रमा लागेर कसैले कुनै चीज बनाउँछ भने बनेको चीजलाई लाइसेन्स दिनुपर्ने, दर्ता गर्नुपर्ने दर्ता गर्नको लागि छुटै कानुन बनाइयोस्

४. यो सबै कुराहरुलाई हेर्नको लागि सहज रुपमा सञ्चालन गर्नको लागि अनुसन्धान प्रवर्तन र विभाग बनाइयोस् , र सबै काम त्यही विभागले गरोस् । प्रतिभा भएको मान्छेहरु ठाउँठाउँमा भत्किन नपरोस् । यस्ता माग राखेको १० वर्ष भइसक्दा पनि सुनुवाई नभएको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस