२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ज्याला गरेर नातिनी पढाउँदै चेपाङ हजुरआमाहरु

२०८०, १५ बैशाख शुक्रबार ०६:३५

वैशाख १५, काठमाडौँ | छ वर्षीया रोशिका चेपाङलाई विद्यालय खाली खुटृा जानुपर्दा सधैँ चिन्ता हुन्छ । मामाघरको हजुरआमाको सहारामा बस्दै आएकी उनीसँग जुत्ताचप्पल छैन । लगाउने लुगा पुरानो एकसरो कपडाबाहेक केही छैन । हजुरआमाले ज्याला गरेर घरमा ल्याएको दिन खाना खान पाउने रोशिका बाटो हिँड्दा पनि डराइडराइ अरुले गिज्याउँछन्  कि भन्न डरले  लाज मान्दै जाने गर्छिन् । गजुरी गाउँपालिका–६ श्यामैडाँडामा रहेको जनचेतना आधारभूत विद्यालयको कक्षा २ मा भर्ना भएकी रोशिकालाई   आमाले चार वर्षअघि छाडेर अर्को विवाह गरिन् । बाबुले पनि छोरीलाई बेवास्ता गरेकाले मामाघर बस्दै आएकी उनी विद्यालय जानका लागि पनि सङ्घर्ष गरिरहनुपरेको छ ।

अर्की बालिका सपना चेपाङको पनि अवस्था उस्तै छ । कक्षा २ मा भर्ना भएकी उनलाई हजुरआमा सोनिताले विद्यालयमा भर्ना गराउनु भएको छ । सपनाकी आमाले पनि चार वर्षअघि घर छाडेर हिँडिन् । बाबुले अर्को विवाह गरेकाले हजुरआमाले ज्लाला मजदुरी गरेर उनलाई हुर्काए पनि सहजरुपमा पढाउन भने कठिन हुँदै आएको छ ।सोनिताले नातिनी सपनालाई अरु बालबालिकाको जस्तै  आवश्यक  लुगाफाटा किनिदिन सक्नुभएको छैन । साहूको बारीको अधियाँ र ज्यालाले बल्लबल्ल खान पुग्ने भएकाले नातिनी पढाउन कठिन भएको उहाँको गुनासो छ ।

कक्षा १ मा भर्ना भएकी नानु चेपाङलाई पनि आमाले छाडेर हिँडेपछि मामाघरको हजुरआमाले ज्यालामजदुरी  गरेर विद्यालय पठाउनुभएको छ । आफूले पढ्न नपाएर दुःख पाएको विगत संझदै यिनले पढेर केही सुख पाउँलान् कि भनेर आधा पेट खाएर भए पनि नातिनी पढाएको हजुरआमा माइली चेपाङ बताउनुहुन्छ।

हजुरआमाले नै पढाउँदै आएका यस्ता सात बालबालिका त यस विद्यालयमा अभिभावकविहीन भएर कष्टपूर्ण तरिकाले विद्यालय आउने गरेको पाइएको छ । एक सय २० घर चेपाङ समुदायको बसोबास भएको तल्लो र माथिल्लो श्यामैडाँडावासी अति गरिब छन् । विद्यालयमा आउने आधाभन्दा बढी विद्यार्थीले विद्यालय पोसाक र जुत्तासमेत लाउन सक्ने अवस्था नभएको विद्यालयका शिक्षक कमला अधिकारी उल्लेख गर्नुहुन्छ ।

कक्षा ५ सम्म पढाइ हुने जनचेतना आधारभूत विद्यालयमा चेपाङ बालबालिकामात्र अध्ययन गर्छन् । अन्यत्र विद्यालयमा विद्यार्थी नआउने समस्या भए पनि यस विद्यालयमा ७१ बालबालिका भर्ना भइसकेको प्रधानाध्यापक राधा कँडेल बताउनुुहुन्छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस