२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

निराको हत्यालगत्तै टेम्पो चढेर भागेका थिए आरोपी, लुटिएको सिक्री बरामद

२०८०, १७ बैशाख आईतवार ०७:२५

वैशाख १७, काठमाडौँ | गत वैशाख ७ गते कपनको सरस्वतीनगरमा भएको निरा पाण्डे आचार्यको हत्यालगत्तै आरोपी टेम्पो चढेर भागेको खुलेको छ । सिक्री लुटपाटको उद्देश्यबाट भएको हत्यापछि आरोपी पहिले टेम्पु चढेर चावहिलसम्म र त्यहाँबाट पठाओ चढेर मनोहरा पुलसम्म पुगेको पाइएको हो । 

गत वैशाख ७ गते अपरान्ह बागलुङ स्थायी घर भएकी निरा पाण्डे आचार्यको आफैले सञ्चालन गरेको निरु किचन नामक भाँडा पसलमा हत्या भएको थियो । हत्याको ९ दिनपछि शुक्रबार राती मात्रै आरोपीको पहिचान खुलेको थियो । प्रहरीको प्राविधिक विश्लेषणबाट हत्यामा संलग्न रहेका युवक विनोद विक भएको पत्ता लागेपछि प्रहरी विनोदको खोजीमा झापासम्म पुगेर उनलाई पक्राउ गरेको थियो ।

प्रहरीले हत्या भएको समय वरपरको सिसीटिभी फुटेज लगायतको प्राविधिक विश्लेषण पश्चात् हत्यामा विनोदको संलग्नता हुनसक्ने भन्दै उनको खोजी गरेको थियो । घटनास्थल नजिकै रहेको सिसीटिभी फुटेजमा देखिएको व्यक्तिको भिडियो फुटेज अध्ययन गर्दै जाँदा प्रहरी मनोहरा पुलसम्म पुगेको थियो । मनोहरा पुलमा पुगेर कोही व्यक्ति कुनै  पठाओबाट झरेको पाएपछि प्रहरीले करिब ४ दिनसम्म ती व्यक्तिको खोजी गरेको थियो । सशंकितलाई उक्त क्षेत्रमा नदेखेपछि प्रहरीले अन्य विधि प्रयोग गरेर युवक बस्ने गरेको कोठासम्म पुगेको थियो । 

हत्यामा संलग्न भनी शंका गरिएका व्यक्ति झापाका विनोद विक रहेको र उनी साथीहरुसँग वीपी स्मृति अस्पताल नजिकै रहेको पिज्जा हब रेष्टुरेण्ट नजिकै कोठा भाडामा लिइ बस्ने गरेको पत्ता लागेको थियो । उक्त कोठामा पुगेको प्रहरीले खानतलासी गर्दा विनोदको डेरा कोठाबाट घटनाका समयमा प्रयोग भएको रगत लागेको सर्ट, ब्याग र जुत्तासमेत बरामद गरेको थियो । त्यसलगत्तै प्रहरी झापा पुगेर विनोदलाई पक्राउ गरी आइतबार मध्यान्ह केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीमा ल्याएको छ । 

हत्यापछि निराको सिक्री लुटेर भागेका विनोदले त्यसको भोलिपल्ट नै बालाजुको एक सुन पसलमा सिक्री धितो राखेर पैसा लिएर गएको पाइएको छ । प्रहरीले उक्त सिक्री समेत बरामद गरिसकेको छ । सिक्री धितो राखेर केही रकम लिई विनोद सोही दिन बस चढेर झापा गएको पाइएको छ । त्यसलगत्तै प्रहरीले शनिवार बिहानै विनोद बस्ने गरेको काठमाडौंस्थित कोठामा छापा मारी हत्याको समयमा प्रयोग भएको कपडा र अन्य केही प्रमाण बरामद गरेको थियो । काठमाडौंबाट भागेर झापा पुगेका विकलाई पक्राउ गर्न शनिवार बिहान काठमाडौंबाट सिआइबी र अपराध महाशाखाको दुईजना डीएसपी झापा पुगेका थिए । 

घटनाको छानबिन गरी दोषी पत्ता लगाउने जिम्मा पाएको समितिका एक सदस्यका अनुसार आरोपितले आफ्नो अपराध कबुल गरिसकेका छन् । हत्याको अन्य कुनै कारण नभएर लुटपाटको उद्धेश्यमात्रै रहेको प्रारम्भिक बयान दिएको पनि समितिका एक सदस्यले बताए । 

हत्यामा संलग्न भनी आरोपित गरिएका विक पहिले ठमेलको एक क्लबमा बाउन्सरको रुपमा काम गर्ने गरेको पत्ता लागेको छ । तर पछिल्लो समय उनी बेरोजगार रहेको र खर्चका लागि निराले घाँटीमा लगाएको सुनको सिक्री लगायत नगद लुटपाट गर्ने उद्धेश्य रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुरुमा निराको हत्या नै गर्ने उद्धेश्य नभएपनि लुटपाटका क्रममा निराले प्रतिकार गरेपछि निराको हत्या गरी सुनको सिक्री लिएर भागेको प्रहरी स्रोतको दावी छ । प्रहरीले निराको सुनको सिक्री पनि बरामद गरिसकेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस