२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मानसिक समस्यामा थिइन् नर्स अनुमा, पहिले पनि गरेकी थिइन् आत्महत्या प्रयास

२०८०, १७ बैशाख आईतवार ०८:४१

वैशाख १७, काठमाडौँ | बोहराटारमा मृत भेटिएकी अनुमा श्रेष्ठ डिप्रेसनबाट पीडित रहेको खुलेको छ । वीर अस्पताल स्रोतकाअनुसार उनले यसअघि पनि आत्महत्या प्रयास गरेकी थिइन् ।

केही महिनाअगाडि विष सेवन गरेकी अनुमाको टिचिङ अस्पतालमा उपचार भएको थियो । केही दिन आईसीयूमा उपचारपछि उनी ठीक भएकी थिइन् । बाहिरबाट हेर्दा पछिल्लो समय उनको मानसिक स्वास्थ्य अवस्था सामान्य नै देखिएको एक सहकर्मीले बताए ।

‘अस्तिसम्म अफिस आउनुभएको थियो । आफ्नो कार्यसम्पादन राम्रैसँग गरिरहनुभएकोमा अचानक मृत्युको खबर सुनेर स्तब्ध छौं,’ सँगै काम गर्ने ती कर्मचारीले भने । प्रहरीका अनुसार कोशी अस्पतालमा कार्यरत डा. सुजन ढकालसँग लामो समयदेखि अनुमाको प्रेम सम्बन्ध रहेको बुझिएको छ । बोहराटारमा रहेको सुजनको घरमा पनि उनी आउने-जाने गर्थिन् । हिजो दिउँसो उनी जाँदा घरमा सुजनका बुबाआमा र भाइ थिए । यता अनुमाले प्रेमी सुजन ढकालकै घरमा गएर आत्महत्या गरेको समयमा प्रेमी सुजन ढकाल भने धरानमा रहेको पाइएको प्रहरी स्रोतले बतायो ।

कोठाभित्र चुकुल लगाएर झुण्डिएको अवस्थामा अनुमाको शव भेटिएको थियो । उनको साथबाट एउटा डायरी प्राप्त भएको छ । डायरीमा उनले आफ्नो जीवन भोगाइहरु लेखेकी छन् । त्यसमा आत्महत्या गर्ने मनसाय उल्लेख नरहेको प्रहरीले स्रोत बताउँछ । यद्यपि, सुजनले विवाह गर्न नमानेका कारण आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । अनुमा वीर अस्पतालमा सातौं तहमा कार्यरत थिइन् । आत्महत्या गर्नुअघि प्रेमीसँगको तस्बिर फेसबुकमा पोष्ट गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस