२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बढुवामा अन्याय गरेको भन्दै एसपी तिम्सिनाले दिए राजीनामा

२०८०, १७ बैशाख आईतवार ११:०५

वैशाख १७, काठमाडौँ | प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा छुटेपछि असन्तुष्ट बनेका एसपी आभूषण तिम्सिनाले राजीनामा दिएका छन् ।  उनले सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै राजीनामा दिने निर्णयमा पुगेको उल्लेख गरेका छन् । 


२०५६ असार ३ बाट प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका तिम्सिनाले लेखेका छन्,‘ नेपालको संविधान २०७२ को मौलिक हकमा नअटाएका भेदभाव, असमानता, अन्याय, थिचोमिचो, विभेद, नातावाद, कृपावादको माखे साङ्लोबाट नेपाल प्रहरीका क्षमतावान्, उत्कृष्ट राष्ट्रसेवक कर्मचारीहरू कहिले मुक्त हुने र कानुनले नचिनेका शक्तिकेन्द्रहरू धाउने क्रम कहिले अन्त्य हुने भन्ने ठुलो प्रश्नको बोझले नेपाल प्रहरीका कर्मचारीहरू कहिले मुक्त हुने भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास कहिले सार्थक हुने ?’  उनले आफूलाई सङ्गठनले अन्याय गरेको उल्लेख गरेका छन् ।

‘आफ्नै मानव अधिकारको हरण पटक पटक बेहोरेको व्यक्तिले आम नागरिकका  मानव अधिकारहरूलाई कसरी रक्षा गर्ला भन्ने चिन्ताले म ३ रात सुत्न सकिन,‘ तिम्सिनाले लेखेका छन्,‘ चन्द्र शमशेरले राणा कालमै अन्त्य गरेको दास प्रथालाई निरन्तरता दिने पक्षमा म सार्वभौम नेपाली नागरिकको हैसियतमा कदापि छैन। पदबाट राजीनामा दिएर अलग्गिएको आजैका मितिबाट म सार्वभौम र कानुनको सम्मान गर्ने पूर्ण नेपाली नागरिकमा रूपान्तरित भएकोमा गौरवान्वित महसुस गरेको छु।’

तिम्सिनाले प्रहरी सङ्गठनले आफ्नो जवानी लुटाएको टिप्पणी गरेका छन् । लेख्छन्,‘ मेरो जवानी लुटाएको संस्थाबाट अलग्गिने निर्णय गरेको छु। आफू अन्यायको सिकार भएको र आफू प्रति भएको अन्याय चुपचाप सहेर बस्ने अधिकारीले जागिरमा रहँदा बस्दा आफूमाथि भएको अन्यायको बिलौना मात्रै गरेर बस्ने, अन्यायको व्यक्त गर्न नसक्ने तर भित्रभित्रै पिरोलिरहने बोझ र कुण्ठा बोकेर सङ्गठनमा रहिरहनु उचित मानिन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस