२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

के हो असिना ? कसरी खस्छ जमिनमा ?

२०८०, १९ बैशाख मंगलवार ०६:४३

बैशाख १९, काठमाडौँ | अहिले प्रिमनसुनको समय हो । यो अवधिमा वर्षासँगै हावाहुरी र आकाशबाट स–साना बरफका डल्लाहरू झर्ने गर्छ । विशेष गरी अंगुरका दाना आकारका हुने यस्ता बरफका डल्लाहरू नै असिना हुन् ।

असिनाको आकार ०.२ देखि ६ इन्चसम्म हुन्छ । एउटा असिनाको डल्लो आधा किलोग्रामसम्म हुनसक्छ । गाडी, हवाईजहाजमा क्षति, बालीनाली नष्ट गर्नेदेखि असिनाले लागेर जनावर र मानिसको ज्यान समेत जान सक्छ ।

कसरी बन्छ असिना ?

‘सुपरकुल्ड वाटर’ अर्थात् अति चिसो पानीबाट असिना बन्ने गर्छ । पानी शून्य डिग्री सेल्सियसमा बरफ बन्छ । जम्छ । तर, शून्य डिग्री सेल्सियसभन्दा पनि चिसो नजमेको पानीलाई नै अति चिसो पानी अर्थात् सुपरकुल्ड वाटर भनिन्छ ।

पानीको यो रोचक अवस्था कसरी बन्छ भन्नेबारे ठ्याक्कै वैज्ञानिक पुष्टि भइसकेको छैन । तर, पृथ्वीको माथिल्लो वायुमण्डलमा यस्तो हुन्छ ।

जब यो अति चिसो पानी अर्थात् सुपरकुल्ड वाटर बरफको टुक्रा, धुलोको कण वा पानीको थोपासँग ठोक्किन्छ, तब यो जम्ने गर्छ । अति चिसो पानीबाट बरफ बन्ने प्रक्रिया कम्युलोनिम्बस बादलमा सुरु हुन्छ । विशेष प्रकारको यो कम्युलोनिम्बस बादलले नै गर्जन र चट्याङ पनि निम्त्याउँछ ।

अति चिसो पानीबाट असिना

कम्युलोनिम्बस बादलभित्र अति चिसो पानी अर्थात् सुपरकुल्ड वाटरबाट बरफको कण वा टुक्रा बन्न थाल्छ । आँधीबेरीका बेला देखिने च्याउ आकारको यो बादल २५ हजार मिटरसम्मको उचाइमा पुग्न सक्छ ।

यो बादलभित्र बलियो हावाहुरीको धार तलदेखि माथितिर प्रवाह भइरहेको हुन्छ । यो बलियो हावाको प्रवाहलाई ‘अपड्राफ्ट’ भनिन्छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानांगले कम्युलोनिम्बस बादलभित्रको अपड्राफ्टका कारण असिना बन्ने बताए ।

अति चिसो पानीबाट बनेका बरफका कणहरू पृथ्वीको गुरुत्वाकर्षण बलका कारण कम्युलोनिम्बस बादलको पिँधमा झर्न खोज्छ । तर, अपड्राफ्टका कारण यी बरफका कण माथितिर धकेलिन्छन् ।

अपड्राफ्टका कारण बादलको माथिल्लो भागमा पुग्ने बरफका कणहरू त्यहाँको अति चिसो पानीसँग ठोक्किन्छन् । त्यो पनि यसै बरफमा जम्छ र अर्काे लेयर थपिन्छ ।

निरन्तर यो प्रक्रिया चल्दा बरफको कण ठूलो बरफको डल्लोमा परिणत हुन्छ र असिनाको रूप लिन्छ । यो बरफको डल्लो अपड्राफ्टका कारण माथितिर धकेलिन निकै गरुंगो हुन्छ र असिनाका रूपमा पृथ्वीमा खस्छ ।

असिना प्याजजस्तो तहतह वा पत्रपत्र मिलेर बनेको हुन्छ । ठूलो असिना बलियो अपड्राफ्टका कारण बनेको हुन्छ ।

मौसमविद् प्रधानांगले भने, “कम्युलोनिम्बस बादलभित्र अपड्राफ्टले पानीको थोपा जोडिन्छ र यो जमेर ठूलो रूप लिँदै असिना बन्छ ।”

असिनाले गर्ने क्षति

०.२ देखि ६ इन्चसम्मको आकार र आधा किलोसम्म तौलको हुने असिनाले विभिन्न किसिमको क्षति पुर्‍याउने गर्छ । नेपालमा असिनाले खास गरी बालीनालीमा हरेक वर्षजसो क्षति पु¥याउने गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का विज्ञको भनाइ छ ।

नार्कका वैज्ञानिक एवं बालीविज्ञ सुशीलराम सुवेदी अहिलेको समयमा असिनाले गहुँमा क्षति पुर्‍याउने बताउँछन् । “अहिले गहुँ पाकिरहेको बेला छ । पाक्न थालेको छ, ग्रेन लाग्न थालेको छ । यो अवस्थामा असिनापानी पर्दा ग्रेन तल झर्ने अवस्था हुन्छ । ठूलो क्षतिचाहिँ त्यो हुन्छ,” नार्कका वैज्ञानिक सुवेदीले भने, “पाकिसकेको छ भने पनि ग्रेन झर्छ । यसरी क्षति पुर्‍याउँछ ।”


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस