२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दार्चुला हिमपहिरो अपडेट: यार्सागुम्बा सङ्कलकहरु बेपत्ता

२०८०, १९ बैशाख मंगलवार १६:२७

वैशाख १९, दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा आज दिउँसो गएको हिमपहिरोमा परी पाँच यार्सागुम्बा सङ्कलक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चार महिला र एक पुरुष रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार मङ्गलबार दिउँसो ३ बजेतिर खसेको हिमपहिरोमा परी डोटी जिल्ला जोरायल गाउँपालिका बुडर–२ का तीन महिला तथा दुहु गाउँपालिका पोक्से–४ का एक पुरुष र एक महिला बेपत्ता भएका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वरीदत्त भट्टले त्यहाँ बसेका १२ जना यार्सा सङ्कलकमध्ये सात जना सकुशल रहेको जानकारी दिनुभयो । बेपत्ता भएकाहरूको नाम खुल्न नसकेको उहाँले बताउनुभयो । 

डिएसपी भट्ट सशस्त्र प्रहरीको २५ जनाको टोलीसहित आज साँझ घट्नास्थलमा पुग्नुभएको थियो । हिमपहिरो गएका बेला केही यार्सागुम्बा सङ्कलक दाउरा खोज्न त्रिपालबाट बाहिर निस्केका कारण ठूलो मानवीय क्षति हुन नपाएको उहाँले बताउनुभयो । 


उहाँले भन्नुभयो, “घटनास्थल वरपर बाक्लो हिमपात भएको छ, राति अँध्यारोमा हिउँ पन्छाउन सकिने अवस्था छैन ।” राति उद्धार गर्न कठिनाइ भएका कारण सशस्त्र प्रहरीको टोली छाङरु नै फर्किन लागेको डिएसपी भट्टले बताउनुभयो । हिमपहिरो गएको स्थानमा सकुशल रहेका सबै यार्सागुम्बा सङ्कलकलाई आफूसँगै सुरक्षित स्थानमा लैजान लागेको उहाँले बताउनुभयो ।

लेक लाग्ने हिमाली भेगमा बस्ने ठाउँ अभाव रहेकाले टोली यार्सा सङ्कलकसहित फर्किन लागेको र बुधबार बिहानै उद्धारमा खटिने उहाँको भनाइ छ । “राति यतै बस्न सकिने अवस्था छैन, कसैको पनि उद्धार गर्न सम्भव छैन, हिउँ अझै परिरहेको छ”, घट्नास्थलबाट सुरक्षित स्थानमा फर्किने तयारी गर्दै गरेका डिएसपी भट्टले भन्नुभयो । हिमपहिरोपछि सो क्षेत्रमा रहेका यार्सागुम्बा सङ्कलक त्रसित बनेको उहाँले बताउनुभयो । 

यार्सागुम्बा सङ्कलक बस्दै आएका केही त्रिपाल हिमपहिरोका कारण पुरिएका थिए । अत्यधिक हिउँ परेका कारण यार्सागुम्बा सङ्कलक केही दिनयता त्रिपालमुनि बस्दै आएका थिए । उनीहरू यार्सागुम्बा सङ्कलन गर्नका लागि हिउँ पग्लिने पर्खाइमा थिए । यार्सागुम्बा सङ्कलन गर्न दार्चुलाबाहेक अन्य जिल्लाबाट पनि सो क्षेत्रमा सर्वसाधारण गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस