असोज १०, लमजुङ । स्थानीय तह पुनःसंरचनाको विरोध गर्दै आन्दोलन सुरु भएको छ । पुनःसंरचना प्राविधिक समितिले आयोगमा पठाएको प्रस्तावमा असन्तुष्टि जना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १०, लमजुङ । स्थानीय तह पुनःसंरचनाको विरोध गर्दै आन्दोलन सुरु भएको छ । पुनःसंरचना प्राविधिक समितिले आयोगमा पठाएको प्रस्तावमा असन्तुष्टि जना"/>

2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङमा स्थानीय तह पुनःसंरचनाको विरोधमा आन्दोलन सुरु


असोज १०, लमजुङ । स्थानीय तह पुनःसंरचनाको विरोध गर्दै आन्दोलन सुरु भएको छ । पुनःसंरचना प्राविधिक समितिले आयोगमा पठाएको प्रस्तावमा असन्तुष्टि जनाउँदै स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् । 

राइनास नगरपालिकाका नागरिकले आइतबार सदरमुकाम बेसीसहरमा प्रदर्शनसमेत गरेका छन् । नगरपालिकालाई गाउँपालिकामा घटुवा गरिएको भन्दै उनीहरुले सदरमुकाममा विरोध ¥याली निकालेका थिए । 

नगरपालिकालाई गाउँपालिका बनाएर विकासको गति रोक्ने षडयन्त्र भएको उनीहरुको आरोप छ । जिल्लाबाट पठाइएको तीनवटै प्रस्तावमध्ये राइनासलाई एउटामा पनि नगरपालिका नराखिएकाले आन्दोलन गर्नु परेको स्थानीयवासीले बताए । राइनास सेवा समाजको सक्रियतामा आन्दोलन सुरु भएको हो । 

आन्दोलित स्थानीयवासीले जिल्लास्थित नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्रमासमेत ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले आफूहरुको मागलाई बेवास्ता गरेमा आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् । यता पूर्वीभेगका विचौर, इलिमपोखरी र दूधपोखरीका वासिन्दाले पनि गाउँपालिकाको केन्द्र एक दिनको बाटो टाढा गरेको भन्दै असन्तुष्टी जनाएका छन् । 

यसैगरी जिल्लाको उत्तरी भागमा पर्ने प्रस्तावित मस्र्याङ्दी गाउँपालिकाका स्थानीयवासी पनि आन्दोलनको तयारीमा छन् । उक्त गाउँपालिकामा साबिकको घनपोखरा टुक्राएको र केन्द्र खुदी नपारिएको भन्दै विरोध गरेका छन् । 

प्राविधिक समितिको प्रस्ताव सार्वजनिक भएलगत्तै सङ्गठित भई उनीहरुले राज्य पुनः संरचना आयोग र स्थानीय विकास मन्त्रालयमा पुगेर ध्यानाकर्षण गराएका छन् । आफ्नो मागको सुनुवाइ नभए विरोधस्वरुप अनशन बस्ने, जिल्लाका पार्टी कार्यालयमा तालाबन्दी गर्ने जस्ता चेतावनी दिएका छन् । 

त्यस्तै पश्चिम लमजुङका बासिन्दाले पनि प्राविधिक समितिको प्रस्तावलाई स्वीकार गरेका छै्रनन् । भोजे, पसगाउँ र गिलुङका बासिन्दाले अपायक स्थानमा केन्द्र निर्धारण गरेको भन्दै पुनः विचार गर्न माग गरेका छन् । माग पूरा नभए आन्दोलनका कार्यक्रम सार्वजनिक गरी विरोध गर्ने चेतावनी दिएका छन् । 

त्यसैगरी साबिकको चिती गाविसलाई पनि टुक्राएको भन्दै त्यहाँका बासिन्दा आन्दोलित भएका छन् । चितीको अधिकांश भाग बेसीसहर नगरपालिकामा गाभिएको छ भने दुई गाउँलाई नौथरमा गाभिएको छ । उनीहरुले पूरै गाविस बेसीसहरमा मिलाउनुपर्ने वा चितीमा केन्द्र कायम गरी नौथरमा मिलाउनुपर्ने माग गरेका छन् । उनीहरुले प्रस्तावको विरोध गर्दै आन्दोलन गर्ने र सदरमुकाम बेसीसहरमा नाकाबन्दी गर्ने पनि चेतावनी दिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो