कञ्चनपुरमा सशस्त्र प्रहरीका सीमा सुरक्षा (बीओपी) प्रमुखमाथि खुकुरी प्रहार

Posted on: 06 May, 2023

बैशाख २३, कञ्चनपुर | सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट (बीओपी) प्रमुखमाथि खुकुरी प्रहार भएको छ । दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा बीओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको हो । 

शुक्रवार राति होहल्ला गरेको समूहलाई सम्झाउन गएका सई चौंसिरमाथि खुकुरी प्रहार गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता प्रकाश डाँगीका अनुसार शुक्रबार राति १० बजेको समयमा बिओपी प्रमुखमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट उनको बायाँ पाखुरामा चोट लागेको छ ।

खुकुरी प्रहार गरी फरार रहेकाहरूको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!