२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

महिलाले ताने रातो मच्छिन्द्रनाथको रथ

२०८०, २५ बैशाख सोमबार ०७:०१

वैशाख २५, काठमाडौँ । रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति स्थापनापछि उत्पन्न पाँचमहिने लामो विवाद समाधान भई आज बिहान कीर्तिपुरका महिलाले रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्परा (देय् पिसाः) सम्पन्न भएको छ । महिलाले रातो मच्छिन्द्रनाथको रथलाई थति टोलबाट जाउलाखेलसम्म तानेका थिए । 

कीर्तिपुर नगरपालिका–२ स्थित ‘प्यंगःथाँ’ (सांस्कृतिक चोक)मा स्थानीय सुखी गंछेँ मच्छिन्द्रनाथ र याक मिसा(कन्या कुमारी) को प्रतिमूर्ति हटाइएपछि विवाद समाधान भएको बताइएको छ । रातो मछिन्द्रनाथको जात्रासँग जोडिएको उक्त स्थानमा गत मङ्सिरमा ती मूर्ति स्थापना गरिएको थियो । 


तन्त्र साधनामा आधारित मछिन्द्रनाथ र जीवित देवीका रुपमा पुजिने याक मिसाको प्रतिमूर्ति कीर्तिपुरमा स्थापना गर्दा परम्पराको गम्भीर उल्लङ्घन हुन जाने भन्दै सो कार्यलार्ई ललितपुरका मच्छिन्द्रनाथ सम्बद्ध ३२ पानेजु सङ्घलगायतका गुठीले विरोध गरेका थिए । ती मूर्ति नहटाएसम्म हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथलाई थतिटोलबाट जाउलाखेलतर्फ कीर्तिपुरका महिलाले तानेर लैजाने चलनलाई यसपटक निरन्तरता नदिने अडान उनीहरुको थियो । 

यसैगरी रथ तान्नुभन्दा चार दिनअघि जल पानेजु (मच्छिन्द्रनाथका पुजारी) नाङ्गै खुट्टाले हिँडेर कीर्तिपुरस्थित प्यांःगथाँ पुगी ‘याक मिसा’ (शक्ति स्वरुप मानिएकी कन्या) प्रसाद ग्रहण गराउने परम्परा पनि मूर्ति नहटाएसम्म निरन्तरता दिन नसकिनेसमेत सङ्घहरुको अडान थियो । सुखी गँछेले भने मूर्तिको सम्मानजनक स्थानान्तरण हुनुपर्ने जनाउँदै छलफलबाट समस्या समाधान गर्न माग गर्दै आएको थियो । 

विवादका कारण कीर्तिपुरको शक्तिपिठ मानिने प्यँगःथां र आसन्न रातो मच्छिन्द्रनाथको भोटे जात्राबीचको परम्परागत सम्बन्ध तोडिने अवस्थामा पुगेको थियो । रातो मच्छिन्द्रनाथ तन्त्र साधनाका देवता भएको र याक मिसा जीवित देवी भएकाले उनको प्रतिमूर्ति बनाएर स्थापना गर्न नहुने उनीहरुले जनाएका थिए । 

यसविपरीत कीर्तिपुरको सुखी गँछेले प्रतिमूर्ति स्थापना गरेपछि पानेजु सङ्घ, ललितपुर महानगरपालिका र पुरातत्व विभागले सो मूर्ति प्यंगः थाँबाट हटाएर अन्यत्र राख्न दबाब दिँदै आएका थिए । पुरातत्व विभागले समेत गत पुस २५ गते सुखी गँछेलाई पत्र पठाइ उक्त मूर्ति हटाउन आग्रह गरेको थियो । त्यसपछि पनि विवाद उत्पन्न भइरहेपछि स्थानीयले मूर्र्ति हटाइ परम्परालाई निरन्तरता दिन माग गर्दै  हस्ताक्षर अभियान चलाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस