२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुर्गमका विद्यार्थीलाई निःशुल्क कम्प्युटर कक्षा

२०८०, २६ बैशाख मंगलवार ११:३१

वैशाख २६, ढोरपाटन | बागलुङको निसीखोला गाउँपालिका–२ काल्नेचौरकी दिपीका घर्तीलाई सानैदेखि सूचना प्रविधिसँग जोडिने इच्छा थियो । दुर्गम गाउँमा खेल्दै हुर्किर्दै, पढ्नुभएकी उहाँलाई १० कक्षा पढ्दासम्म त्यो अवसर सहजै जुरेको थिएन । सूचना प्रविधिका हिसाबले अझै पछाडिनै रहेको निसीखोलामा राम्रोसित कम्प्युटर सिक्ने ठाउँको अभाव छ । 

गत चैतमा एसइई दिएर बसेकी घर्तीलाई अहिले ठूलो अवसर प्राप्त भएको छ । निसीखोला–१ स्थित देवीस्थान माध्यमिक विद्यालयले एसइई दिएर बसेका विद्यार्थीका लागि निःशुल्क कम्प्युटर तालिम सञ्चालन गरेको छ । अनी मात्र घर्तीलाई पहिलो पटक कम्प्युटर सिक्ने अवसर जुरेको हो । 

कम्प्युटर सिक्ने ! भन्दा सुगम ठाउँमा सामान्य लाग्न सक्छ । तर दुर्गम गाउँमा यसको ठूलो महत्व छ । निसीखोलाका धेरै ठाउँमा अहिले पनि इन्टरनेट पुग्न सकेको छैन । कम्प्युटर सिक्ने त धेरै टाढाको कुरा हो । देवीस्थान माविले विद्यार्थीका लागि दिएको यो अवसरबाट धेरै विद्यार्थी लाभान्वित भएका छन् । यस विद्यालय बाहेक अन्य ठाउँबाट आएका विद्यार्थीले समेत निःशुल्क कम्प्युटर सिक्न पाइरहेका छन् । 

एसइई दिएपछि बुर्तिबाङ बजारमै झरेर कम्प्युटर कक्षा लिने सोच बनाउनु भएकी घर्ती अहिले गाउँ नजिकैको विद्यालयमा कम्प्युटर सिक्न पाएपछि खुसी हुनुभएको छ । विद्यालयले निःशुल्क कक्षा दिन थालेपछि विद्यार्थीको हजारौँ रुपैयाँसमेत बचत भएको छ । नजिकमा कम्प्युटर सेन्टर नहुँदा विद्यार्थी बुर्तिबाङ, बागलुङलगायत बजार पुग्नुपर्ने स्थिति छ । 

खाली समयमा देवीस्थान माविले आफूहरूलाई सुनौलो अवसर दिएको घर्ती बताउनुहुन्छ । उहाँले बुर्तिबाङ बसेर कम्प्युटर सिक्न थालेको भए तीन महिनामा रु ४०÷५० हजारसम्म खर्च हुने बताउनुभयो । अहिले घरकै खाना खाजा खाएर निःशुल्क पढ्न पाउँदा खुसी लागेको उहाँको भनाइ छ ।

घर्ती भन्नुहुन्छ– “एसइई दिएपछि बुर्तिबाङ बजारमै गएर कम्प्युटर सिक्ने घरमा कुरा भइरहेको थियो, त्यही बेला साथीहरूले देवीस्थान स्कूलमा ‘फ्रि’मा कम्प्युटर सिक्न पाइन्छ भन्नुभयो, बुझ्दा खेरी हो रहेछ, अहिले यही आएर कक्षा लिइरहेका छौँ, बुर्तिबाङ गएको भए कोठा खोज्नुपथ्र्यो, खर्च बढी हुन्थ्यो, अहिले यहाँ त बिहान एक घण्टा हिँडेर आएपछि सिक्न पाइयो, कम्प्युटर चलाउने मेरो सानैदेखिको चाहाना अहिले पूरा हुँदैछ, कम्प्युटर सिकेपछि अरु जागिर खान पनि सजिलो हुनेभयो ।”

घर्ती जस्तै निसीखोला–१ हुल्दीका कपिल मगर पनि अहिले यही विद्यालयमा निःशुल्क कम्प्युटर कक्षा लिइराख्नु भएको छ । एसइई दिएर केही दिन घुमघाम गर्ने र बाँकी समय घरको काम गर्ने योजना बनाउनु भएका उहाँ अहिले दैनिक कम्प्युटर सिक्न आउनु हुन्छ । आफूहरू जस्ता दुर्गम गाउँका विद्यार्थीलाई विद्यालयले ठूलो अवसर दिएको मगर  बताउनुहुन्छ । उहाँले अहिलेसम्म आफूले कम्प्युटर सिक्न नपाएको सुनाउनुभयो ।

“गाउँ घरमा कम्प्युटर सिक्न चाहेर पनि अवस्था सहज छैन, यहाँ वरपर सिक्ने ठाउँ पनि छैन, सिक्नका लागि ठूलै बजारमा जानुपर्छ,” उहाँले भन्नुभयो– “एसइई दिएर साथीसँग केही दिन घुम्ने र केही दिन गाउँमै काम गर्छु भन्ने सोचेको थिए, सरहरूले यहाँ निःशुल्क कम्प्युटर सिक्न पाइने सूचना दिएपछि अहिले निरन्तर सिक्न आइरहेको छु ।”

बजारमा कम्प्युटरको ‘बेसिक कोर्ष’ को रु चार हजारदेखि रु छ हजारसम्म शुल्क लिने गर्छन् । विद्यालयले निःशुल्क तीन महिना विद्यार्थीलाई तालिम दिने भएको हो । विद्यालयले विद्यार्थीलाई सूचना प्रविधिसँग जोड्न र उनीहरूको खाली समयको सदुपयोगका लागि निःशुल्क कम्प्युटर तालिम दिन थालेको देवीस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक झगबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँले देवीस्थान माविको मात्रै नभइ निसीखोला र ढोरपाटन नगरपालिकाका विभिन्न विद्यालयबाट विद्यार्थी कम्प्युटर सिक्न आइरहेको बताउनुभयो ।

अहिले ५० विद्यार्थीले कक्षा लिइरहेको भन्दै दिनदिनै सिक्नेको सङ्ख्या बढ्दै गएको प्रअ क्षेत्रीको भनाइ छ । विद्यालयले दुई प्रशिक्षकनै राखेर कक्षा सञ्चालन गरिरहेको छ । प्रशिक्षकलाई विद्यालयले न्यूनतम पारिश्रमिक र खाजा खानाको व्यवस्था गरेको क्षेत्रीले बताउनुभयो । यही वैशाख १३ गतेदेखि सुरु भएको कम्प्युटर कक्षा एसइई नजिता आएर प्रकाशन भएर विद्यार्थी भर्ना नहुँदासम्म सञ्चालन हुने  उहाँको भनाइ छ । 

“दुर्गम भेगका विद्यार्थीलाई प्रविधिसँग जोड्न, उनीहरूको फुर्सदको समय सदुपयोग गर्न र विद्यार्थीलाई सकरात्मक सोचको विकास गर्न हामीले निःशुल्क कम्प्युटर कक्षा सुरु गरेका हौँ,” प्रधानाध्यापक क्षेत्रीले भन्नुभयो– “उनीहरूबाट कुनै शुल्क लिइँदैन, यहाँ कम्प्युटर सिक्ने राम्रो वातावरण पनि नभएको हुँदा विद्यालयले एउटा प्रयास गरेको हो, विद्यार्थी निकै उत्साहपूर्वक सहभागी भइरहेका छन् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस