बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा मदन राई आफ्नै फाउन्डेसनबाट पक्राउ

Posted on: 12 May, 2023

वैशाख २९, विराटगर । बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा कृषि वैज्ञानिक मदन राई पक्राउ परेका छन्। उनले आफैँले स्थापना गरेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएसँगै उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले मदन राईलाई उनीद्वारा सञ्चालित ‘शुभद्रा मदन फाउन्डेसन’बाटै पक्राउ गरिएको बताए।

खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले अनुसन्धानका लागि राईलाई नियन्त्रणमा लिएको बताए ।

उनले भने, ‘हामीले अनुसन्धान सुरू गरेका छौं ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!