हाइटेन्सन लाइनको पोलमा चढेका युवक ११ घण्टापछि ओर्लिए !

Posted on: 13 May, 2023

बैशाख ३०, मोरङ | निर्माण कार्य गुणस्तरीय हुनुपर्ने माग सम्बोधन नगरेको भन्दै हाइटेन्सन लाइन प्रसारण भएको पोलमा चढेका मोरङ बुढीगंगाका युवा दिनेशकुमार माझी ११ घण्टापछि पोलबाट ओर्लिएका छन् । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहित  जनप्रतिनिधिहरूले उनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि उनी  पोलबाट ओर्लिएका हुन् । अहिले उनले उठाएका मागका विषयमा छलफल भइरहेको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीले जानकारी दिए ।

१ लाख ३२ हजार भोल्ट बिद्युत् दौडिरहेको पोलमा उनी ११ घण्टा बसेका थिए । पोलमा मानिस चढेको जानकारी गराएको भए पनि नेपाल विद्युत् प्राधिकरणले बिजुली काटेको थिएन ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले युवकलाई पोलबाट तल झार्ने लामो प्रयास पछि सफल भएको बताए । उनी सडकमा निर्माण भइरहेको रिटेनिङ वालको काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका प्रहरीले बताए।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षले आफ्नो मागलाई बेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका कारण उनलाई जबरजस्ती ओह्राल्न चुनौती रहेको प्रहरीले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!