दाङमा पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५० वर्षीय पुरुष पक्राउ

Posted on: 14 May, 2023

वैशाख ३१, दाङ्ग | बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लमही नगरपालिका-८ सतबरिया संघर्ष टोलका ५० वर्षीय जनकु चौधरीलाई प्रहरीले शनिवार दिउँसो पकाउ गरेको हो । 

जनकुले गत पुस ११ गते दिउँसो सोही ठाउँस्थित खोल्सामा लगि ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!