२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एकसिङे गैँडाको खाग र जरायोको सिङ बेच्ने कार्यमा संलग्न ९ जना पक्राउ

२०८०, ३ जेष्ठ बुधबार ११:४८

जेठ ३, काठमाडौँ | संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री गर्ने कार्यमा संलग्न ९ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ तैनाथ खड्‍गदल गणबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 


भरतपुर महानगरपालिका क्षेत्रमा आखेटोपहार विक्री व्यवसाय गर्ने व्यक्ति भेटिएपछि सोधपुछ गर्दा आखेटोपहार गोरखाको दशकिलो भन्ने ठाउँमा लुकाएर राखेको सूचना प्राप्त भएको थियो । सो सूचना फलो गर्दै जाँदा दशकिलोबाट ३ जना महिलाहरूलाई जरायोको सिङजस्तो देखिने आखेटोपहार बिक्री व्यवसाय गर्ने मनसायले राखेको अवस्थामा पक्राउ गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिए । 

यस्तै गोरखाकै पालुङटार नगरपालिका वडा नम्बर ६ बाट पनि ५ जना पुरुष र १ जना महिला गरी ६ जनालाई एकसिङे गैंडाको खाग जस्तो देखिने वन्यजन्तुको आखेटोपहार खरिद बिक्री व्यवसाय गर्दै गरेको अवस्थामा पक्राउ गरिएको उनले बताए । उनीहरूलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय गोरखामा पठाइएको तिवारीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस