रौतहटमा छिमेकीको विवादमा छुरा प्रहार गरी गरे एक पुरुषको हत्या

Posted on: 20 May, 2023

जेठ ६, रौतहट | रौतहटमा छुरा प्रहार गरी एक जना पुरुषको हत्या गरिएको छ ।

गौर नगरपालिका-७ सिसवा टोलका ४५ वर्षीय यार महम्मद खानलाई छिमेकी ३५ वर्षीय शेख कबिरले छुरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) ले जानकारी दिए ।

प्रहरीका अनुसार गए राति १० बजेतिर घर नजिकै खान र छिमेकी शेख साविरबीच सामान्य विवाद भएको थियो । साविरले खानको बायाँ छातीमा छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट गम्भीर घाइते खानलाई प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताए ।

छुरा प्रहारमा संलग्न साविरसहित दुईजना फरार भएका छन् । उनीहरुको खोजी कार्य जारी  रहेको प्रहरीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!