जेठ ६, जनकपुरधाम | जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा भेटिएको छ। विमानमा चढेका यात्रुले मुसा देखेपछि उडान स्थगित गरिएको छ।
जनकपुरबाट काठमाडौं जान लागेका ४९ जना यात्रुको बोर्डिङ भइसकेका थिए।
शनिबार बिहान सवा ९ बजे काठमाडौं उड्न लागेको जहाजमा यात्रुले मुसा देखेपछि उडान रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । प्राविधिकहरूले जहाजको परीक्षण गरेपछि मात्रै उडान गरिने उनले बताए।
जहाज त्यहीँ राखेर यात्रुलाई अर्को जहाजबाट ल्याउने तयारी भइरहेको निरौलाले बताए।
यस बिषयमा तपाइको प्रतिक्रिया...!