२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अनुमति नलिएकालाई अन्तर्वार्ताका लागि स्थान नदिन विभागको आग्रह

२०८०, ८ जेष्ठ सोमबार ०५:२३

जेठ ८, काठमाडौँ | वैदेशिक रोजगार विभागले अनुमति नलिएका म्यानपावर व्यवसायीले गर्ने कुनै पनि कार्यक्रमका लागि स्थान उपलब्ध नगराउन आग्रह गरेको छ । पछिल्लो समय अनुमति नलिएका म्यानपावर व्यवसायीले गैर कानुनी रूपमा अन्तर्वार्ता लगायतका कार्यक्रम गर्दै आएका छन् । त्यस्तो कार्यलाई रोक्न विभागले लाइसेन्स नभएका वा कार्यक्रम गर्न विभागबाट अनुमति नलिएकालाई कार्यक्रम गर्न नदिन होटेल, पार्टी प्यालेसहरूलाई आग्रह गरेको हो ।

विभागका निर्देशक गोपालराज तिमल्सिनाले विभागको अनुमति विना महंगा होटेल तथा पार्टी प्यालेसहरूमा अन्तर्वार्ता लगायतका कार्यक्रमहरू आयोजना गर्ने गरिएको उनको भनाई छ । होटेल तथा पार्टी प्यालेसहरूले यस्ता संस्थाहरूले आयोजना गर्ने कार्यक्रमहरूमा विभागको अनुमति लिए/नलिएको एकिन गरेर मात्र कार्यक्रम सञ्चालन गर्न आफ्नो होटेल तथा पार्टी प्यालेस उपलब्ध गराउन तिमल्सिनाले अनुरोध गरे ।

पछिल्लो समयमा टिकटक, फेसबुक तथा भाइवरमार्फत नेपालीहरूलाई विदेशका विभिन्न मुलुकमा आकर्षक तलब सुविधा देखाइ प्रलोभनमा पार्ने र पैसा उठाइ अलपत्र पार्ने क्रम बढ्दै गएको भन्दै विभागले सचेत रहन सबैमा अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस